कैलालीमा नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु
शनिबार, ३० चैत २०८१, ०९ : ३६

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–११ सिसैयामा कान्द्रा नदीमा डुबेर १३ वर्षीय बालकको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सिसैयाका उपेन्द्र कडायत नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। खोजीपछि उनको शव नदीमै फेला परेको प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए।
कडायतको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते