बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रौतहट प्रहरीद्वारा चोरीको ५ थान मोटरसाइकल बरामद

शनिबार, ३० चैत २०८१, ०९ : २४
शनिबार, ३० चैत २०८१

रौतहट । रौतहटमा प्रहरी गस्ती टोलीले जिल्लाको विभिन्न स्थानबाट कागजपत्र नभएको ५ थान चोरीको मोटरसाइकल बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले गत चैत १५ गतेदेखि २९ गतेसम्म ठाउँ ठाउँमा गरेको चेकजाँचको क्रममा विभिन्न ब्रान्डको कागजपत्र नभएको ५ थान चोरीका मोटरसाइकल बरामद गरेको हो।

बरामद मोटरसाइकलहरुको कुल ३ लाख ५० हजार रुपैयाँ मूल्यांकनसहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको रौतहट प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप