शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय
आईपीएल प्रिभ्यू

शीर्ष स्थानमा रहेको गुजरातलाई लखनउको चुनौती

हेड टु हेडमा गुजारतकै वर्चस्व
शनिबार, ३० चैत २०८१, ०९ : ३०
शनिबार, ३० चैत २०८१

लखनउ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ सिजनमा शनिबार डबल हेडर (एक दिनमा २ खेल) खेलाइनेछ। आजको पहिलो खेलमा, लखनउ सुपर जायन्ट्सले गुजरात टाइटन्सको सामना गर्नेछ। 

खेल लखनउको एकाना रंगशालामा दिउँसो ३:४५ बजे खेलिनेछ। दुवै टोलीले आफ्ना अघिल्ला खेलहरू जितेका छन् र उनीहरू आफ्नो लय कायम राख्न चाहन्छन्। 

यस सिजनमा, गुजरातको टोली ५ मध्ये ४ खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा छ। लखनउले ५ खेलमध्ये ३ खेल जितेको छ भने २ खेलमा हार बेहोरेको छ।

gujrat

  • हेड टु हेड

लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्सबिच आईपीएलमा अहिलेसम्म ५ खेल भइसकेका छन्। गुजरातले यसमध्ये चार खेल जितेको छ। अन्तिम खेल गत वर्ष लखनउले आफ्नै घरेलु मैदानमा जितेको थियो।

  • ओरेन्ज क्याप दौडमा पुरनको अग्रता

लखनउ टोलीको ब्याटिङ उत्कृष्ट छ। गुजरात विरुद्धको प्लेइङ-११ मा लखनउको टोलीले कुनै परिवर्तन गर्ने सम्भावना कम छ। 

लखनउको ब्याटिङमा निकोलस पूरन, मिचेल मार्श र एडेन मार्कराम राम्रो लयमा छन्। पुरन हाल ओरेन्ज क्याप दौडमा अगाडि छन्। उनले ५ खेलमा २८८ रन जोडेका छन् । उनको सर्वाधिक ठुलो स्कोर ८७ रन हो । 

त्यस्तै मार्सकले पनि ५ खेलमा ५३ को औसतले २६५ रन जोडिसकेका छन् । उनको उच्च स्कोर ८१ रन रहेको छ ।

शार्दुल ठाकुर लखनउका लागि सर्वाधिक विकेट लिने बलर हुन्। उनले ५ खेलमा २०‍.५० को औसतले जम्मा ९ विकेट लिएका छन्। त्यस्तै दिग्वेश सिंह राठीले ७ विकेत हात पारेका छन् ।

  • गुजरातका लागि साई सुदर्शन लयमा

गुजरात टाइटन्सका ब्याट्सम्यान साई सुदर्शन टोलीका सर्वाधिक स्कोरर हुन्। उनले ५ खेलमा कुल २७३ रन बनाएका छन्। सुदर्शनले यस सिजनमा अहिलेसम्म ३ अर्धशतक बनाएका छन्। उनको उच्च स्कोर ८२ रन हो ।

बलरहरूमा साई किशोर शीर्ष स्थानमा छन्। उनले ५ खेलमा कुल १३.३० को औसतले १० विकेट लिएका छन्। उनले पञ्जाब किंग्स विरुद्ध ३० रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै मोहम्मद सिराजले पनि ५ खेलबाट समान १० विकेट लिएका छन् । उनको सबैभन्दा राम्रो प्रदर्शन १७ रन खर्चेर ४ विकेट हो ।

  • पिच रिपोर्ट 

लखनउको एकाना रंगशालाको पिच बलिङमैत्री छ। स्पिनरहरूले यहाँ बढी सहयोग पाउँछन्। यहाँ कम स्कोरिङ खेलहरू देखिएका छन्। 

यस रंगशालामा जम्मा १६ वटा आईपीएल खेल खेलिएका छन्। यसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले ८ खेल जितेको छ भने पहिले बलिङ गर्ने टोलीले पनि ७ खेल जितेको छ। १ खेल रद्द भएको थियो ।

मैदानमा सबैभन्दा ठुलो स्कोर २३५/६ हो, जुन कोलकाता नाइट राइडर्सले गत वर्ष लखनउविरुद्ध बनाएको थियो।

lukhnow

  • मौसम रिपोर्ट 

आज लखनऊमा घाम लाग्नेछ र बादल पनि रहनेछ। वर्षाको सम्भावना २५% छ। तापक्रम २३ देखि ३६ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ।

दुवै टोलीको सुरुवाती ११

 लखनउ सुपर जायन्ट्स: ऋषभ पन्त (कप्तान र विकेटकिपर), मिचेल मार्स, एडेन मार्कराम, निकोलस पूरन, आयुष बडोनी, डेभिड मिलर, अब्दुल समद, शार्दुल ठाकुर, दिग्वेश राठी, आवेश खान, आकाश दीप, रवि बिश्नोई।

गुजरात टाइटन्सः शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर, शाहरुख खान, राहुल तेवाटिया, राशिद खान, वाशिंगटन सुन्दर, साई किशोर, मोहम्मद सिराज, प्रसिद कृष्ण, इशान्त शर्मा, शेरफान रदरफोर्ड।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप