आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

भियतनामबाट १ सय ८० बौद्ध धर्मावलम्बी चार्टर उडानमा लुम्बिनी आउँदै

शनिबार, ३० चैत २०८१, ०७ : ३५
शनिबार, ३० चैत २०८१

काठमाडौँ । भियतनामका १ सय ८० बौद्ध धर्मावलम्बी चार्टर विमानमार्फत लुम्बिनी भ्रमणमा आउने भएका छन् । वैशाख ५ गते उनीहरू भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ । 

उनीहरू शुक्रबार लुम्बिनीमा आयोजना हुने विशेष पूजामा सहभागी हुनेछन् । वैशाख ६ गते लुम्बिनीबाट सडक मार्ग हुँदै भारतको वाराणसी जाने उनीहरूको कार्यतालिका छ । 

भियतनामका बौद्ध धर्मावलम्बीले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अत्यन्तै पवित्र स्थलका रूपमा मान्दै आएका छन् । त्यसैले उनीहरुले प्रमुख धार्मिक गन्तव्यको रूपमा लुम्बिनीलाई मान्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप