ला लिगामा ३१ औं चरणका खेल सुरु, भ्यालेन्सियाले सेभियालाई हरायो
शनिबार, ३० चैत २०८१, ०६ : २१

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाले सेभियालाई हराएको छ । घरेलु मैदानमा भ्यालेन्सियाले सेभियाविरुद्ध १-० को जित निकाल्यो ।
भ्यालेन्सियालाई जिताउन एभी गुएराले निर्णायक गोल गरे । यो सँगै ला लिगामा ३१ औं चरणका खेल सुरु भएका छन् । अंक तालिकामा भ्यालेन्सिया १२ औं र सेभिया १३ औं स्थानमा छन् । यी दुबैको क्रमशः ३७ र ३६ अंक छ ।
शीर्ष स्थानको बार्सिलोनाको ६७ अंक हुँदा दोस्रो स्थानको रियाल मड्रिडको ६३ अंक छ । यस्तै, एटलेटिको मड्रिड ६० अंकसहित तेस्रो स्थानमा छ । यी शीर्ष तीन टोलीबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
रहेनन् नोवेल पुरस्कार विजेता ल्याटिन अमेरिकी लेखक ल्वोसा
-
भारतीय वायु सेनाको विमान उडिरहेको समयमा ‘साइबर हमला’को सिकार
-
फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा, पाेष्टर सार्वजिनक
-
पिताम्बरकाे प्रतिक्रिया सकारात्मक : निर्देशक कृषा चाैलागाई
-
लयमा फर्किँदै वीरगन्ज, नयाँ वर्षमा छैन रौनक (फोटोफिचर )