आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार

शनिबार, ३० चैत २०८१, ०१ : ३६
शनिबार, ३० चैत २०८१

सुनसरी । रामधुनी नगरपालिका-९ मा कार्यरत स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार दिएको छ । स्वास्थ्य सेवा प्रवाहमा सहजता ल्याउने उद्देश्यले स्वयंसेविकालाई साइकल प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । वडास्तरीय कार्यक्रममार्फत कुल ८० हजार बजेटबाट ११ जना स्वयंसेविकालाई साइकल उपहार दिइएको वडा सचिव जयराम चौधरीले जानकारी दिए ।   

वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा अध्यक्ष घनश्याम चौधरीले स्वयंसेविकालाई साइकल हस्तान्तरण गरे । साइकल हस्तान्तरण गर्दै अध्यक्ष चौधरीले स्वयंसेविकाको सेवा भाव र योगदानको प्रशंसा समेत गरेका थिए । उनले भने, ‘स्वयंसेविकाले समुदायमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन धेरै महत्वपूर्ण योगदान गर्नुभएको छ । सेवा प्रवाहका लागि हिँडेर घरघर पुग्न गाह्रो हुन्छ । त्यसैले उहाँहरूलाई हिँडडुल गर्न सहज होस् भनेर साइकल वितरण गरेका हौँ ।’

स्वयंसेविकामध्ये एक मञ्जु चौधरीले साइकल पाएपछि पैदल हिँडेर घरघर पुग्नुपर्ने बाध्यता अन्त्य भएको र सेवा प्रवाहमा सहजता थपिने बताईन् । स्वयंसेविकाले गाउँघरमा स्वास्थ्य सचेतना फैलाउने, गर्भवती तथा सुत्केरी महिलाको घरमै पुगेर निगरानी गर्ने, सरकारका खोप कार्यक्रममा सहयोग गर्ने लगायत महत्वपूर्ण योगदान गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप