१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. तीनकुनेका कमाण्डर हिरासतमा
काठमाडौँको तीनकुनेमा विध्वंस मच्चाउने आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईं अन्ततः पक्राउ परेका छन् । राजावादी आन्दोलनका कमाण्डर उनलाई औपचारिक रुपमा बुधबार पक्राउ गरेर प्रहरीले हिरासतमा लिएको छ । अदालतले उनीमाथि अनुसन्धान गर्न १२ दिनको म्याद दिएको छ ।
उनले नेतृत्व गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले चैत १५ मा काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको थियो । जुन प्रदर्शनलाई पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थन रहेको प्रसाईंले दाबी गरेका थिए ।
२. दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आफ्नो सङ्गठनका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न आग्रह गरेको छ । शुक्रबार महाअभियानका सङ्गठन विभागका सचिव प्रेमदिप लिम्बुले एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।
३. ज्ञानेन्द्रलाई संसदीय समितिमा बोलाउन माग
नेपाली कांग्रेसका सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुन, न्याय तथा मानव अधिकार समितिमा बोलाएर छलफल गर्नुपर्ने बताएका छन् । गृहमन्त्री रमेश लेखकको उपस्थितिमा भएको बैठकमा उनले पूर्वराजा शाहलाई समितिमा बोलाएर उक्त घटना उनले घटाएको हो कि होइन सोध्नुपर्ने बताए ।
४. आयोगको प्रतिवेदन
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई समग्र आर्थिक क्षेत्रलाई समेटेर प्रतिवेदन बुझाएको छ । बुधबार अर्थमन्त्री पौडेललाई आयोगले ४४७ पेज लामो प्रतिवेदन हस्तान्तरण गरेको हो । सरकारले गत असोजमा पूर्वअर्थ सचिव रामेश्वर खनालको अध्यक्षतामा निजी क्षेत्रसमेतको सहभागितामा आयोग गठन गरेको थियो ।
५. कांग्रेस राजनीति
नेपाली कांग्रेसका ७ भ्रातृ संस्थाले पार्टीको निर्देशन लत्त्याएका छन् । कांग्रेसले चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न भन्दै १० भ्रातृ संस्थालाई निर्देशन दिएको थियो । पार्टीसँग समन्वय गर्न भन्दै पार्टी नेताहरूको नेतृत्वमा महाधिवेशन निर्देशन समितिसमेत बनाएकोमा पार्टीले निर्धारण गरेको समयमा तीन भ्रातृ संस्थाले मात्रै महाधिवेशन सम्पन्न गर्न सकेका हुन् ।
६. रास्वपाको महाधिवेशन
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को २०८२ वैशाखमा तोकिएको पहिलो राष्ट्रिय महाधिवेशन निर्धारित समयमा नहुने लगभग निश्चित भएको छ । बुधबार र बिहीबार बसेको रास्वपा सचिवालयको बैठकमा निर्धारित मितिमा महाधिवेशन नभएको खण्डमा मंसिरदेखि फागुनसम्म गर्न सकिनेमा नेताहरूबिच छलफल भएको स्रोतको भनाइ छ ।
७. समाजवादी मोर्चा
शिक्षक महासंघको आह्वानमा भइरहेको आन्दोलनप्रति समर्थन जनाउँदै समाजवादी मोर्चा, नेपालले एक प्रेस वक्तव्य जारी गरेको छ । मोर्चाले सर्वदलीय सहमतिमा संसदको विशेष अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेको छ। प्रेस वक्तव्यमा मोर्चाले शिक्षकहरूको न्यायोचित मागप्रति ऐक्यबद्धता जनाउँदै शिक्षा क्षेत्रको गुणस्तरीय सुधार तथा शिक्षकहरूको हक–अधिकारको पक्षमा उठेका आवाजलाई सकारात्मक रूपमा लिएको जनाएको छ।
८. प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
नेपाल पत्रकार महासङ्घले तीनकुने हिंसात्मक घटनामा पत्रकार सुरेश रजकको जलाएर हत्या गरिएको लगायत प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगसमक्ष माग राखेको छ ।
९. भर्ना खुला
नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै २६०० भन्दा बढी जनशक्ति माग गरेको हो।
१०. सर्वोच्चमा रिट
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।
११. प्राधिकरण बोर्ड बैठक
नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकले विद्युतीय दुर्घटनाका कारण कर्मचारी वा सर्वसाधारणको मृत्यु भएमा १० लाखसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको अध्यक्षतामा बसेको प्राधिकरणको ९ सय ९५औं बैठकले सो निर्णय गरेको हो ।
१२. बजेट
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२–०८३ का लागि बजेटको खाका कोर्न विधिवत रूपमा छलफल सुरु गरेको छ । गत फागुन २१ गते देखि समिति बनाएरै नयाँ बजेटको विषयमा छलफल सुरु गरेको अर्थ मन्त्रालयले बुधबारदेखि मन्त्रालयको ढोका नै बन्द गरेर बजेट खाका कोर्न गोप्य छलफल थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्