शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय

पर्यटक लक्षित गर्दै भारतीय सवारीमा स्टिकर टाँस अभियान सुरु

शुक्रबार, २९ चैत २०८१, २२ : ००
शुक्रबार, २९ चैत २०८१

विराटनगर । ‘कोशी पर्यटन वर्ष २०८२’ लाई सफल बनाउन कोशी प्रदेश सरकारले भारतीय पर्यटकलाई लक्षित गरी सुरक्षा जाँच कार्ड स्टिकर वितरण सुरु गरेको छ । 

विराटनगरस्थित रानी नाकाबाट प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।

सुरक्षा जाँच स्टिकर टाँसिएको भारतीय पर्यटक बोकेको सवारी साधनलाई बिना कुनै झन्झट पर्यटकीय गन्तव्यसम्म सुरक्षित पुर्‍याउने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गरे । उक्त स्टिकर भने अस्थायी हुनेछ । 

कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले स्टीकर टाँसको व्यवस्थाले भारतीय पर्यटकलाई सहज हुने विश्वास व्यक्त गरे । कोशी प्रदेशको पर्यटन वर्षको गत बुधबार औपचारिक रुपमा उद्घाटन भएको छ ।

जसलाई सफल बनाउनका लागि सरकारले पर्यटकलाई विना झन्झटिलो व्यवस्था हटाउन स्टिकर टाँस अभियान चलाएको हो । यो अभियान प्रदेशभरको सबै भारतीय नाकाहरुमा हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप