आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

युवराजले भने, ‘राजतन्त्र फर्कने कुनै सम्भावना छैन’

शुक्रबार, २९ चैत २०८१, २१ : १९
शुक्रबार, २९ चैत २०८१

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले राजतन्त्र फर्काउने कुनै सम्भावना नरहेको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूरपश्चिम प्रदेश कमिटीले शुक्रबार धनगढीमा आयोजना गरेको विशेष सभामा बोल्दै उनले राजा फर्काउछौँ भन्नु र वीरेन्द्र शाहको वंश फर्काउँछौँ भन्नु एउटै रहेको बताए ।  

उनले राजाको शासन र जनताको शासनबीच तुलना गर्न आग्रह गर्दै राजाले जनतामाथी दमनबाहेक केही नगरेको धारणा व्यक्त गरे । 

पूर्वराजाले जनभावना विपरीत बोलेर देशमा अराजकता मचाउन खोजेको भन्दै उनले जनमतको कदर गर्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप