नृपेशको ‘तिम्रो मायाको मलाई’ मा बज्राचार्यको स्वर
शुक्रबार, २९ चैत २०८१, २० : ११

काठमाडौँ । गायक पूर्ण मान बज्राचार्यको स्वर, नृपेश उप्रेतीको शब्द रहेको गीत ‘तिम्रो मायाको मलाई साह्रै खाँचो छ’ सार्वजनिक भएको छ ।
खुशी इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गीतमा चर्चित ‘टिकटकर जोडी’ स्मारिका ढकाल र सुरेश कोहलीको अभिनय छ ।
धादिङका बज्राचार्य पछिल्लो समय बेलायत बस्दै आएका छन् । गीतकार उप्रेतीका ‘आफ्नै जिन्दगी आफैलाई’, ‘ओढेर घुंघट’, ‘तिम्रै माया लाग्छ बरिलै’, ‘पोई पर्यो काले’, ‘तिम्रो साथमा रमाऊँ’ लगायत गीत सार्वजनिक भएका छन् ।
गीतमा उप्रेतीकै संगीत, पुरुषोत्तम सुवेदीको संगीत संयोजन छ । शक्ति प्रज्वल घिमिरेको सम्पादन र निर्देशन रहेको गीतको भिडियो राजेश घिमिरेले छायांकन गरेका छन् हुन् । भिडियोमा कोरियोग्राफी प्रवीण थापा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह