शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

जसपा रुपन्देही  जिल्ला अधिवेशन  बैशाख १३ गते गर्ने  निर्णय

शुक्रबार, २९ चैत २०८१, १९ : ५१
शुक्रबार, २९ चैत २०८१

बुटवल । जनता समाजवादी पार्टी (जसपा), नेपाल रुपन्देहीको जिल्ला अधिवेशन २०८२ वैशाख १३ गते हुने भएको छ ।

जसपा नेपाल जिल्ला कार्यसमिति, रुपन्देहीको बैठकले वैशाख १३ गते शनिबार भैरहवामा अधिवेशन गर्ने निर्णय गरेको पार्टीको जिल्ला सचिव विष्णु अधिकारीले बताए। उक्त अधिवेशनलाई पार्टी एकतापछिको पहिलो अधिवेशन भनिएको छ ।

भैरहवामा सम्पन्न बैठकले २०८२ वैशाख १० गतेभित्र जिल्लाका सम्पूर्ण वडा र पालिकाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

उनका अनुसार अधिवेशन सम्पन्न गर्नका लागि जिल्ला अध्यक्ष सियाराम यादवको संयोजकत्वमा आर्थिक समिति र उपाध्यक्ष कलामुद्दीन खाँको संयोजकत्वमा राजनैतिक समिति गठन गरिएको छ । 

त्यस्तै सचिव विष्णु अधिकारीको संयोजकत्वमा संगठन समिति गठन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप