बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

विद्यार्थी भनेका राष्ट्र निर्माणदेखि परिर्वतनका संवाहक हुन् : मन्त्री यादव

शुक्रबार, २९ चैत २०८१, १७ : ५३
शुक्रबार, २९ चैत २०८१

पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले राष्ट्र निर्माणका मेरुदण्ड, परिवर्तनका अग्रदूत तथा उज्यालो भविष्यका शिल्पीका रूपमा विद्यार्थीलाई चित्रण गरिएको बताएका छन् । 

आज वीरगञ्जस्थित ओम नेशनल एकेडेमी द्वारा आयोजित कक्षा १२ का विज्ञान सङ्कायका बिद्यार्थीहरुको “बिदाई कार्यक्रम २०८१” लाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री यादवले बिद्यार्थीहरु भनेका राष्ट्र निर्माणदेखि परिर्वतनका सम्वाहक भएका बताए ।

उनले भने,“विद्यार्थीको साथ बिना राष्ट्र निर्माण सम्भव हुँदैन । विद्यार्थी भनेका केवल पुस्तकको सीमामा बाँधिने पात्र मात्र होइनन्, उनीहरू भविष्यका कर्णधार, राष्ट्रका निर्माता र परिवर्तनका सम्वाहक हुन् ।” 

सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले “बिदाई कार्यक्रम २०८१” मा सहभागि विद्यार्थीहरूलाई आगामी वार्षिक परीक्षामा उत्कृष्ठ अङ्क प्राप्त गरी पर्सा जिल्ला सहित देशभरीमा नाम आफ्नो रोशन गर्नका लागि शुभकामना समेत दिएका थिए । 

उनले भने,“म विश्वासका साथ भन्छु, भोलिका इञ्जिनियर, वैज्ञानिक, चिकित्सक, नेता यिनै बिद्यालयहरूबाट जन्मिनेछन् । सबै विद्यार्थीले विगतका कमजोरीहरूलाई बिर्सेर, नयाँ उत्साह र मेहनतका साथ पढाइमा ध्यान दिई पर्सा मात्र होइन, समग्र देशको पनि नाम रोशन गर्नुहोला ।” 

एक छुट्टै प्रसङ्गमा बोल्दै मन्त्री यादवले अब वीरगञ्जवासीका घरघरमा पाइपमार्फत निःशुल्क रुपमा स्वच्छ, शुद्ध अनि सुरक्षित पानी आपूर्ति गरिने बताए । 

मन्त्री यादवले जलवायु परिवर्तनका कारण चापाकलहरू सुक्न थालेको गम्भीर समस्यालाई समाधान गर्न एशियन विकास बैंकको सहकार्यमा रु तीन अर्बको लागतमा पानी आपूर्ति प्रणाली निर्माण भइरहेको बताए ।

उनले भने,“जलवायु परिवर्तनका कारण चापाकलहरू सुक्न थालेको गम्भीर समस्यालाई समाधान गर्न एडिबीको सहकार्यमा रु तीन अर्बको लागतमा पानी आपूर्ति प्रणाली निर्माण भइरहेको छ । चाडै यहाँका नागरिकका घरघरमा पाइपमार्फत स्वच्छ, शुद्ध र सुरक्षित पानी आपूर्ति हुन्छ ।”

यसैगरी मन्त्री यादवले अबका दिनहरूमा सिङ्गो वीरगञ्ज नगरभर निःशुल्क खानेपानी वितरण गरिने प्रतिबद्धता समेत जनाउनु हुँदै अब चाँडै वीरगञ्जवासीले चापाकलको भर पर्नु नपर्ने र प्रत्यक नागरिकलाई पाइपमार्फत निःशुल्क र सुरक्षित पानी आपूर्ति गरिने बताए ।

ढल व्यवस्थापनका लागि रु डेढ अर्बको बजेट छुट्याइएको र वीरगञ्ज महानगरपालिकाका वडानं. २०, ३०, ३१, नगवा लगायतका क्षेत्रमा योजना कार्यान्वयनमा रहेको जानकारी दिए । 

यसअघि आफु वन तथा वातावरण मन्त्री भएका बेलामा पर्साको रामपुरमा चिडियाखाना निर्माणको काम अगाडि बढाइएको तथा स्वास्थ्य मन्त्री भएको समयमा नारायणी अस्पतालको स्तरोन्नतिको लागि ठेक्का प्रक्रिया सुरु गरेको जानकारी दिए ।

उनले भने, “मैले वन मन्त्रालय सम्हाल्दा पर्साको रामपुरमा चिडियाखाना निर्माण गराए । स्वास्थ्यमन्त्री हुँदा नारायणी अस्पतालको स्तरोन्नति गराए । म जनताको सेवक हुँ । तपाईहरुको सेवा गर्नु मेरो प्रमुख दायित्व हो ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप