जडीबुटी कम्पनीमा आगजनी गरेको आरोपमा थप एक जना पक्राउ
शुक्रबार, २९ चैत २०८१, १७ : १८

काठमाडौँ । काठमाडौँको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ घर भएका रन्जित बस्नेत छन् । १८ वर्षीय बस्नेतलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए ।
चैत १५ मा पूर्वराजा समर्थकहरुको प्रदर्शनमा सहभागी बस्नेतले जडीबुटीमा आगजनी र ट्राफिक लाइट तोडफोड गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । तीनकुनेमा भएको प्रदर्शनमा अवान्छित गतिविधि गरेको आरोपमा पक्राउ पर्नेको संख्या ८२ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करबाट घाइते बालिकाको मृत्यु
-
वीरगन्जमा निकालिएको शोभा यात्रामा धार्मिक सद्भाव बिथोल्ने चारजना पक्राउ
-
सरकार परिवर्तनको हल्ला आजबाट अन्त्य भयो : शंकर पोखरेल
-
सर्वोच्चले मगायो रवि लामिछानेको मुद्दामा जिल्ला अदालत रुपन्देहीको मिसिलमा संलग्न कागजात
-
सङ्घीय गणतन्त्रको रक्षामा एकजुट होऔँ : शेरधन राई
-
ओलीले विन्दालाई बोलाएरै भेटेर भने - चिठी नै नभए केको कारबाही ?