बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुलुकलाई अस्थिरतातर्फ लैजान अनेक षडयन्त्रहरू भइरहेका छन् : मन्त्री गुप्ता

शुक्रबार, २९ चैत २०८१, १७ : ०४
शुक्रबार, २९ चैत २०८१

पर्सा । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मुलुकलाई अस्थिरतातर्फ लैजान अनेक षडयन्त्र भइरहेको बताएका छन् । 

नेकपा एमाले वीरगन्ज महानगरपालिका नगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले राजावादीको नाममा काठमाडौँमा चैत १५ गते गराइएको घटनाले मुलुकलाई अस्थिरताको बाटोतर्फ लैजान खोजिएको र त्यसका लागि अनेक खालका षडयन्त्रहरू भइरहेको बताएका हुन् । 

नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री गुप्ताले देशलाई स्थिरता र सुशासन दिनकै लागि देशका दुई ठुला राजनीतिक दल मिलेर सत्ता सञ्चालन गरिरहेको बताए ।  यो सरकारले मुलुकलाई स्थिरताको कोर्समा लगेको उनको भनाइ छ । मुलुकलाई अस्थिरतामा लैजान जति नै प्रयास गरे पनि त्यो सफल हुन नदिइने विश्वास उनले व्यक्त गरे । 

नेकपा एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने चर्चा गर्दै उनले आगामी निर्वाचनमा बहुमत ल्याएर एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने दाबीसमेत गरे ।

 ‘जहिलेसम्म एमाले निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित हुन सक्दैन । त्यसबेलासम्म यो देशका समस्या समाधान गर्न सकिँदैन, राष्ट्रियताको समस्या समाधान गर्न सकिँदैन, राष्ट्रिय स्वाभिमानका मुद्दाहरू प्रभावकारी ढङ्गले उठाउन सकिँदैन,’ उनले भने । देशलाई सही दिशामा अगाडि बढाउने अभियान साकार पार्न पार्टी कमिटीलाई तल्लो तहदेखिनै सुदृढ बनाउनुपर्ने उनको भनाइ छ ।

अहिलेको राजनीतिक समीकरण मिसन ०८४ लाई सहयोग पुग्ने सकारात्मक स्टेपमात्र भएको भन्दै उनले एमाले कुनै मोर्चाको पक्षमा नरहेको पनि स्पष्ट गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप