विद्यार्थी ठगी विषयमा पूजा : म दोषी छैन, दोषीलाई कारवाही होस्

काठमाडौं । अभिनेत्री तथा फिल्म निर्मात्री पूजा शर्माले फिल्म ‘रावायण’ निर्माणका लागि विद्यार्थी ठगिएको विषयमा आफु दोषी नभएको बताएकी छन् ।
उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यसमा आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको स्पष्ट पारेकी हुन् ।
फिल्मका कार्यकारी निर्माता सुशान पाठकले वैदेशिक अध्ययनका लागि जान लागेको विद्यार्थीको रकम फिल्म निर्माणमा लगानी गरेको तर फिल्म डुबेपछि उनी सम्पर्कविहिन भएको समाचार अहिले बाहिर आएपछि पूजाले आफु संलग्न नरहेको बताएकी हुन् ।
‘हालका दिनहरूमा मिडिया तथा सामाजिक सञ्जालमा विदेश अध्ययनको नाममा उठाइएको रकम सम्बन्धी केही भ्रमपूर्ण समाचारहरू सार्वजनिक भइरहेका छन् । यस सन्दर्भमा म स्पष्ट रूपमा भन्न चाहन्छु कि मेरो सो विषयसँग कुनैपनि प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता छैन’, उनले फेसबुकमा अगाडि लेखेकी छन् ‘विद्यार्थीहरूबाट उठाइएको रकमको प्रमुख दोषी सुषान पाठक हुन्, जो हाल फरार अवस्थामा छन् र मलाईसमेत लगातार टारिरहेका छन् । म यस घटनाबाट स्वयं पीडित भएको महसुस गर्दैछु र सम्बन्धित निकायहरूले यथाशीघ्र अनुसन्धान गरि दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन अनावश्यक खर्च कटौतीको निर्णय
-
इन्डियन प्रिमियर लिग क्रिकेट : राजस्थान रोयल्समाथि खेल मिलेमतोको आरोप
-
निर्णय नगरी हानी पुर्याउने कर्मचारीलाई सजायसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको पत्र
-
केरा खानुका फाइदा ।
-
पुरी शंकराचार्यको नेपाल भ्रमण तयारी सुरु, धनुषाको देवडिहा आउने
-
कक्षा १२ को परीक्षा गराए ‘देखाइदिने’ शिक्षकहरूको चेतावनी