बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय

स्थानीय तहमा निर्वाचित ३६ हजार बढी दलीय जनप्रतिनिधिको पद खारेजको मागसहित सर्वोच्चमा रिट

शुक्रबार, २९ चैत २०८१, १५ : ४०
शुक्रबार, २९ चैत २०८१

काठमाडौँ । स्थानीय तहमा दलीय आधारमा निर्वाचित ३६ हजार बढी जनप्रतिनिधिको पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । 

अधिवक्ता प्रकाश अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयुक्त तथा आयुक्तको कार्यालय र संघीय संसद्अन्तर्गत दुवै सदनलाई विपक्षी बनाइ उक्त रिट दायर गरेका हुन् ।

दलविहीन स्वतन्त्र स्थानीय तह हुनेगरी परमादेशको माग गर्दै रिट दायर भएको हो ।

नेपालको संविधान २०७२ ले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाको चुनाव दलीय आधारमा गर्नुपर्ने व्यवस्था गरे पनि स्थानीय तहको चुनाव दलीय आधारमा गर्नुपर्ने अनिवार्य व्यवस्था नगरेकाले हालको स्थानीय तहका जनप्रतिनिधिहरु वैधानिक नभएको दाबी रिटमा गरिएको छ ।

संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर स्थानीय तहमा दलीय आधारमा चुनाव हुने गरी बनाइएका कानुन, नियमावली र निर्देशिका एकमुस्ट खारेज गरेर दलविहीन तरिकाले पुनः चुनाव गराउनेगरी परमादेश गर्न माग रिटमा गरिएको छ ।

यसैगरी रिटमा स्थानीय तहको चुनावको दायित्व स्थानीय प्रदेशलाई दिइ गैरदलीय आधारमा गराउनुपर्ने माग उनले गरेका छन् ।

देशभर एकाध स्थानीय तहमा बाहेक अधिकांश ठाउँमा ३६ हजार भन्दा बढी दलीय जनप्रतिनिधिहरु रहेका छन् ।

अधिवक्ता अधिकारीले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइका लागि वैशाख १७ गते पेशी तोकिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप