कैलाली बहुमुखी क्याम्पसको स्ववियुमा नेविसंघको पुनरागमन, सन्तोष पन्त बने सभापति

धनगढी । कैलाली बहुमुखी क्याम्पस (केएमसी) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा विद्यार्थी संघ (नेविसंघ)ले पुनरागमन गरेको छ।
सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पसका रूपमा रहेको केएमसीमा हालै सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघले बहुमतसहित नेतृत्व पुनः प्राप्त गरेको हो।
निर्वाचनको अन्तिम मत परिणामअनुसार सभापतिमा नेविसंघका उम्मेदवार सन्तोष पन्त ८२७ मतसहित विजयी भएका छन्। पन्त यसअघि स्ववियु सचिव थिए। उनका प्रमुख प्रतिस्पर्धी अखिल (क्रान्तिकारी) का पवन सुनारले ५५८ मत प्राप्त गरे भने वर्तमान सभापति रहेका अनेरास्ववियुका यमराज जोशीले ४२७ मत ल्याए। यस्तै, एकीकृत समाजवादी निकट अनेरास्ववियूका उम्मेदवार सुनिलराज जोशीले ६८ र नेविसंघकी बागी उम्मेदवार अम्बिका चौधरीले ९२ मत प्राप्त गरे।
सचिव पदमा नेविसंघका ओमप्रकाश वस्ती विजयी भए भने कोषाध्यक्ष पदमा अखिल (क्रान्तिकारी) का धर्मराज तिमल्सिना विजयी भए। नेविसंघकी उम्मेदवार प्रमिला शाह कोषाध्यक्ष पदमा चार मतले पराजित भइन्। क्याम्पसमा कूल ३५०० बढी विद्यार्थी मतदाता रहेकोमा हालै सम्पन्न मतदानमा २,०५७ मत खसेको थियो। केएमसीमा हालसम्म १४ जना सभापति निर्वाचित भइसकेका छन्। तीमध्ये ७ जना नेविसंघ, २ जना नेविसंघकै बागी र ५ जना अनेरास्ववियुबाट निर्वाचित भएका थिए।
नेविसंघले यसअघि २०४७ सालमा तपराज जोशीको नेतृत्वमा सभापति जितेको थियो। त्यसपछि २०५३ मा हरि रेग्मी र २०५५ मा प्रकाश बोगटी बागी उम्मेदवारीमार्फत विजयी भएका थिए।
त्यसबाहेक २०५१ सालदेखि २०७९ सालसम्म स्ववियु सभापतिमा अनेरास्ववियुले विजय हात पारिरहेकोमा यो पटक नेविसंघले लामो समयपछि आफ्नो वर्चस्व पुनः स्थापित गरेको हो।
सुदूरपश्चिम क्षेत्रमै सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत यस क्याम्पसमा नेविसंघको यो विजय ऐतिहासिक मानिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?