फोटो
शिक्षकहरूको आन्दोलन र वार्ता सँगसँगै, प्रदर्शनका तस्बिरहरू
शुक्रबार, २९ चैत २०८१, १४ : ४३

काठमाडौँ । आफूहरूको माग पूरा गर्नका लागि दबाब दिने उद्देश्यका साथ शिक्षकहरुले सुरु गरेको आन्दोलन शुक्रबार १० औँ दिनपनि जारी रहेको छ । यो बिचमा माग पूरा गर्ने प्रयास स्वरूप सरकारसँग वार्ता सुरु भएको छ । तर, कुनै निकास निस्किसकेको छैन ।
आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुने भएको छ । शिक्षा मन्त्रालयले बोलाएपछि बिहीबार पहिलो छलफल भएको थियो । आज पुनः छलफलमा बस्ने गरी हिजोको छलफल सकिएको थियो ।
आज आन्दोलन सकिएपछि पुनः छलफलका लागि मन्त्रालय जाने तयारी रहेको नेपाल शिक्षक सङ्घका महासचिव ज्ञानेन्द्र रावलले जानकारी दिए ।
यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेमा मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौँमा सडक प्रदर्शन गर्दै आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइन्छ : मन्त्री गुरुङ
-
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
-
बक्सअफिसको निष्पक्षतामा प्रश्न, सूचीबाट किन गायब भए फिल्म ?
-
केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजको पोल्टामा
-
आरआर क्याम्पसमा यथाशीघ्र स्ववियु निर्वाचन गराउन उच्च अदालत पाटनको आदेश
-
बारामा कार र टिपर ठोक्किँदा दुई जनाको मृत्यु