मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

शिक्षकहरू आन्दोलन गर्न काठमाडौँ आउनु दलहरूका लागि लज्जाको विषय : गगन थापा (भिडियोसहित)

शुक्रबार, २९ चैत २०८१, १४ : ३२
शुक्रबार, २९ चैत २०८१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद्ले समयमा कानुन नबनाइदिँदा देशभरका शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आउनुपरेको बताएका छन् । नवौँ दिनसम्म काठमाडौँ आएर आन्दोलन गरिरहेका शिक्षकहरूलाई सबै राजनीतिक दलहरूले आफ्नो कमजोरी स्विकार्दै सामूहिक प्रयासबाट कानुन निर्माण गरी शिक्षकका माग सम्बोधन गरेर चाँडो भन्दा चाँडो कक्षा कोटामा विद्यार्थीहरूलाई पढाउन पठाउनुपर्ने बताए ।

शिक्षक आन्दोलनबारे भिडियोमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री थापाले भनेका छन्, ‘शिक्षकहरूले आफ्ना माग राख्दै आन्दोलन सुरु गरेपछि सबै राजनीतिक दल आलोपालो सरकारमा बसिसक्यौँ । सरकारमा बस्दा कसैले पनि देखाउनु पर्ने तदारुकता देखाउन सकेनौँ । जसको कारणले शिक्षकहरू सडकमा आउनुपर्ने अवस्था बन्यो । हिजो भएको गल्ती कमजोरीलाई सबैले स्विकार्नुपर्छ । कसैलाई दोषारोपण नगरी सामूहिक प्रयासबाट शिक्षकका माग सम्बोधन गरी चाँडोभन्दा चाँडो उहाँहरूलाई कक्षा कोठामा पठाउनुपर्छ ।’ 

शिक्षकहरू देशभरबाट काठमाडौँमा आन्दोलन गर्न आउनु अहिलेसम्म सरकारमा बसेका र संसद्मा रहेका राजनीतिक दलहरूका लागि लज्जाको विषय भएको थापाले आफ्नो आन्दोलनबारे धारणा सार्वजनिक गर्ने भिडियोमा उल्लेख गरेका छन् ।

शिक्षकका माग संसद्ले बनाउने कानुनसँग जोडिएकाले संसद्ले समयमा आफ्नो काम गर्न नसक्दा यो अवस्था आएको उनले उल्लेख गरेका छन् । यसबारे कुनै राजनीतिक दलले अर्को राजनीतिक दललाई दोषारोपण गर्न आवश्यक नरहेको उनको भनाइ छ । अब सबैको सामूहिक प्रयासबाट शिक्षकहरूका माग सम्बोधन गर्न संसदबाट कानुन बनाउन सकिने थापाले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप