शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक

प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट बनाउने
शुक्रबार, २९ चैत २०८१, १३ : १६
शुक्रबार, २९ चैत २०८१

काठमाडौं  । लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले नयाँ अपडेट सार्वजनिक गरेको छ। यो अपडेटले प्रयोगकर्तालाई अझ धेरै आकर्षक डिजाइन र थप उपयोगी फिचरहरू प्रदान गर्ने उद्देश्य राख्ने हाम्रो पात्रोको भनाइ छ।

 केही समय अघि मात्र भएको मेगा रिलिजमा प्रयोगकर्ताहरूले हाम्रो पात्रोलाई  फरक स्वरूपमा पाएका थिए । पछिल्लो अपडेटमा त्यस रिलिजमा प्रयोगकर्ताहरूबाट आएका सल्लाह सुझावहरूलाई मध्यनजर गर्दै आवश्यक सुधारहरू गरिएको जनाइएको छ।

विशेषत: नयाँ अपडेटमा प्रयोगकर्ताहरूले नोट्स र इभेन्ट्स पेजलाई एकदमै नयाँ डिजाइनमा देख्न सक्नेछन् । 

प्रयोगकर्ताहरूले अब नोट्सहरू लेख्दा शब्दमा मात्र नभई तस्वीर मार्फत् पनि आफ्नो योजना या सम्झनाहरूलाई व्यवस्थापन गर्न सक्नेछन् । नोट्समा तस्वीर राख्दा प्रयोगकर्ताहरूले त्यही उपलब्ध भएको तस्वीर प्रयोग गरेर, आफै तस्वीर अपलोड गरेर या आफैँले चित्र कोरेर पनि कलात्मक रूपमा आफ्नो नोट्सहरू राख्न सक्नेछन् । यसरी राखिएका नोट्सहरू तपाईंले हाम्रो पात्रोको क्यालेण्डर पेजमा पनि देख्न सकिनेछ । त्यसबाहेक, प्रयोगकर्ताहरूले वर्षौ देखि राखेका नोट्सहरू हेर्न या व्यवस्थापन गर्न पनि अब सहज भएको छ । 

यो नयाँ अपडेटमा नोट्स फिचर आकर्षक र व्यवस्थित भएको र प्रयोगकर्ताहरूले यसलाई अत्याधिक रुचाउने हाम्रो पात्रो टिमको विश्वास छ । 

अपडेटमा प्रयोगकर्ताहरूले पाउने अर्को मुख्य कुरा भनेको हाम्रो पात्रोको नयाँ फिड पेज अर्थात् “For you” पेज हो । यो फिड पेजमा विभिन्न जानकारीमूलक र मनोरञ्जनात्मक सामग्रीहरू आकर्षक डिजाइनमा देख्न सकिन्छ ।  यहाँ स्वास्थ्य, शिक्षा, जीवनशैली, प्रेरणादायक भनाइ र रमाइला तथ्यहरू समेटिएका छन्, जसले प्रयोगकर्ताहरूको दैनिक प्रयोगलाई अझ अर्थपूर्ण र रमाइलो बनाउनेछ। 

प्रयोगकर्ताहरूले फिड पेजमा रहेका सामग्रीहरूमा लाईक, कमेन्ट र शेयर गर्न सक्ने भएकाले यो पेज इन्टरेक्टिभ र आकर्षक बनेको कम्पनीको भनाइ छ। 

त्यसबाहेक, प्रयोगकर्ताहरूले नयाँ वर्ष २०८२ को अवसरमा "नयाँ वर्ष विशेष पेज" पनि हेर्न सक्नेछन्। सो पेजमा वर्षभरिका महत्वपूर्ण घटनाहरू समेटिएको समीक्षा, आकर्षक इ-कार्डहरू र नयाँ वर्षसँग सम्बन्धित सम्पूर्ण जानकारीहरू समेटिएको छ। 

 पेजमा २०८२ को साइत, बिदा, प्रमुख चाडपर्वहरू लगायत उचित मार्गदर्शन र प्रेरणाका लागि विस्तृत वार्षिक राशिफल पनि राखिएको छ । त्यसबाहेक यस पेजमा प्रयोगकर्ताहरूले २०८१ को सम्झना र २०८२ को उत्साहलाई समेटिएको आकर्षक क्विजहरू पनि खेल्न सक्नेछन् । नयाँ वर्षको उत्सवलाई अझ विशेष, जानकारीमूलक र भावनात्मक बनाउन यो पेजमा आवश्यक विवरणहरूलाई आकर्षक ढंगले प्रस्तुत गरिएको हाम्रो पात्रोका 

सीइओ शंकर उप्रेतीले बताए । उनले भने, “हाम्रो लक्ष्य केवल पात्रो बनाउने होइन, एउटा यस्तो डिजिटल साथी निर्माण गर्नु हो, जसले तपाईंको दैनिक जीवन सजिलो बनाओस्। यो अपडेट हाम्रो प्रयोगकर्ताको सुझाव र आवश्यकता अनुसार तयार पारिएको हो। त्यसैले पनि यो प्रयोगकर्ताहरूको लागि अझ उपयोगी, अझ सहज र अझ व्यक्तिगत बन्नेछ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप