शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय

भारतका कृषि तथा किसान कल्याण मन्त्री चौहानद्वारा चन्द्रागिरिको भ्रमण

शुक्रबार, २९ चैत २०८१, १३ : ०२
शुक्रबार, २९ चैत २०८१

काठमाडौँ  । भारत सरकारका कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले बिहीबार चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् । सो क्रममा भारतीय राजदूत नवीन श्रीवास्तवको पनि सहभागिता रहेको थियो ।

 मन्त्री चौहान सहितका विशिष्ट पाहुनाहरूलाई चन्द्रागिरि हिल्स अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत अरुण प्रधानले स्वागत गरेका थिए । 
भ्रमणको क्रममा मन्त्री चौहानले  पर्यटकहरूका लागी चन्द्रागिरि हिल्स  उत्कृष्ट  गन्तव्य  बन्न पुगेको भनी  प्रशंसा गरे । 

 मन्त्री चौहान सहितको भ्रमण टोलीले  हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौँ उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढ्नु अत्यन्तै स्मरणीय अनुभव भएको बताए ।

भ्रमणका क्रममा मन्त्री चौहानले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको  चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा  परिवारसहित विशेष पूजा–अर्चना गरेको चन्द्रागिरी हिल्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

चन्द्रागिरि हिल्स व्यवस्थापनले  भारतका  कृषि तथा किसान कल्याण मन्त्री चौहानको  भ्रमणले नेपालको  समग्र पर्यटन  सहित धार्मिक पर्यटन प्रवर्द्धनमा थप सकारात्मक प्रभाव पार्ने विश्वास विज्ञप्तिमार्फत गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप