वैदेशिक रोजगार व्यवसायी सङ्घको साधारणसभा आज, नयाँ नेतृत्वका लागि निर्वाचन हुने

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३० र ३१ औँ साधारणसभा सुरु भएको छ । साधारणसभाको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी विशिष्ट आथिति बनेका छन् ।
काठमाडौँको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा जारी साधारणसभामा भवन निर्माण समिति र चन्दादाताहरूलाई सम्मान गरिएको छ ।
सङ्घको साधारणसभाले वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गरेपछि आजै नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ । निर्वाचनका लागि ८९३ मेनपावर व्यवसायीहरूले मतदान गर्नेछन् ।
सङ्घको २१ सदस्यीय कार्यसमितिमध्ये अध्यक्षसहित ७ पदाधिकारी र १० जना कार्यसमिति सदस्य प्रत्यक्ष मतदानबाट निर्वाचित हुनेछन् । ४ सदस्य अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । कार्यसमितिका लागि २ प्यानलका ३४ र ३ स्वतन्त्र गरी ३६ जनाको उम्मेदवारी परेको छ ।
सङ्घको निर्वाचनका लागि दुवै प्यानलले बुधवार अन्तिम चुनावीसभा गरेका थिए । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको तर्फबाट भुवनसिंह गुरुङ अध्यक्षका उम्मेदवार बनेका छन् । उनी सङ्घका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रालिका सञ्चालक हुन् ।
त्यस्तै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन र नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको असन्तुष्ट पक्षको समर्थनमा नरेश गेलाल अध्यक्षका उम्मेदवार बनेका छन् । उनी सङ्घका पूर्वमहासचिव तथा मञ्चका पूर्वअध्यक्ष तथा एचआर इन्टरनेसनल सर्भिस प्रालिका सञ्चालक हुन् ।
गुरुङ प्यानलबाट प्रथम उपाध्यक्षमा नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा हर्कबहादुर लिम्बू, महासचिवमा महेशकुमार बस्नेत, सचिवमा कुन्छा दोर्जे डिम्दोङ्ग र कोषाध्यक्षमा विक्रम श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यमा विद्यालक्ष्मी बज्राचार्य, राज लामा तामाङ, देवीप्रसाद गिरी, दीपककुमार राय, सुवर्ण लामा, सुमनराज पाण्डे, कैलाश पाठक, भरत सापकोटा, रेखा शर्मा र कृष्ण ढकालले उम्मेदवारी दिएका छन् ।
गेलाल प्यानलबाट भने प्रथम उपाध्यक्षमा सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मधुकर रिजाल, तृतीय उपाध्यक्षमा वैकुण्ठ पौडेल वैभव, महासचिवमा कर्णराज कटुवाल, सचिवमा अनिल बोगटी र कोषाध्यक्षमा धनु सिँजालीले उम्मेदवारी दिएका छन् ।
कार्यसमिति सदस्यमा देउमान नेम्बाङ, राजेन्द्र बस्नेत, चन्द्र लिम्बू, हिमा गुरुङ, रमा खड्का, दिनेश बस्नेत, कामेश्वर साह राहुल, छत्र बस्नेत, युवराज देवकोटा र राजेश यादवले उम्मेदवारी दिएका छन् ।
त्यस्तै प्रथम उपाध्यक्षमा अख्तर हुसेन र सचिवमा ईश्वर सापकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलिकायो पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’
-
चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्ध उच्च अदालत पाटनमा रिट
-
परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा
-
पूर्वराजा ज्ञानेन्द्र र मोदीको भारतमै विरोध
-
मण्डलामा सुनिए मञ्जुल, अभि सुवेदी र एलिसा एकलास