सर्लाहीमा ट्रकको ठक्करबाट दिदीको मृत्यु, बहिनी घाइते

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ मिर्चैया बजार नजिकैको बाँके–संग्रामपुर सडकखण्डमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ भने अर्की किशोरी घाइते भएकी छन् ।
शुक्रबार बिहान करिब श्रीनगरबाट धनकौलतर्फ गइरहेको ना ५ ख ३८५८ नम्बरको खाली ट्रकले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिएको थियो । साइकलमा ईश्वरपुर नगरपालिका–१३, श्रीनगर निवासी रामदुलार महतोकी १७ वर्षीय छोरी अञ्जली कुमारी महतो सवार थिइन्। ठक्करबाट अञ्जलीको घटनास्थलमै मृत्यु भएको हो ।
साइकलको पछाडि बसेकी अञ्जलीकी १५ वर्षीय बहिनी पूजा कुमारी महतो सामान्य घाइते भएकी छन् । उनको उपचार श्रीनगरस्थित स्थानीय मेडिकलमा भइरहेको छ ।
घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी गौरीशंकर सर्लाहीबाट प्रहरी निरीक्षक श्यामसुन्दर साहको नेतृत्वमा ४ जनाको टोली र इलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा १७ जनाको टोली घटनास्थलमा खटिएको थियो ।
ट्रक चालक हरिवन नगरपालिका–१०, ताइवान टोलका ३१ वर्षीय लक्ष्मण विकलाई नियन्त्रणमा लिइएको छ । ट्रकसहित उनलाई इलाका प्रहरी कार्यालय केशरगञ्जमा राखिएको छ ।
घटनास्थलको मुचुल्का तयार गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । घटनास्थल प्रहरी चौकी गौरीशंकरदेखि करिब ३ किलोमिटर दक्षिणमा पर्दछ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलहरूप्रति घनश्यामको टिप्पणी : मुखमा कालोमोसो दलेर दरबारमार्गमा उभिनुपर्ने अवस्था छ !
-
हामीले कम्युनिस्ट एकताको झण्डा न छोडेका छौँ, न छोड्नेछौँ : प्रचण्ड
-
अपहरण गरिएका डिपोर्टी रिहा गर्न बुकेलेलाई मदुरोको माग
-
सत्तामा कम्युनिस्टको हालीमुहाली : १० वटा सरकारको नेतृत्व, ८ वटामा मुख्य साझेदार
-
ईडीले किन बोलायो दक्षिण भारतीय स्टार महेश बाबुलाई ?
-
माओवादी लुकिङ लण्डन, टकिङ टोकियो : घनश्याम भुसाल