बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

एक्कासि किन युक्रेन गए राजकुमार ह्यारी ?

शुक्रबार, २९ चैत २०८१, १२ : २०
शुक्रबार, २९ चैत २०८१

वासिङ्टन डीसी । बेलायतका राजकुमार ह्यारी बिहीबार अचानक युक्रेनको भ्रमणमा गए । यस क्रममा उनले पश्चिमी लभिभ सहरमा रहेको एउटा क्लिनकमा युद्धमा घाइते भएको सैन्यकर्मी र नागरिकको साथसाथै त्यहाँ कार्यरत कर्मचारीलाई भेटेको बताइएको छ ।

उनको साथमा इन्भिक्टस गेम्स फाउन्डेसनका एउटा टोली पनि गएका थिए । यो टोलीमा युद्धका घाइतेहरूलाई प्रतिस्थापन गर्ने काम गरिरहेका चार विज्ञ पनि सामेल थिए । 

रुसले लभिभलाई बारम्बार मिसाइल आक्रमण गरिरहेको छ । राजकुमार युक्रेनबाट ननिस्कँदा सम्म उनको भ्रमणलाई गोप्य नै राखिएको थियो । ह्यारीले १० वर्षसम्म बेलायती सेनामा काम गरेका थिए ।

उनले युद्धमा घाइते भएकाहरूलाई खेलकुद प्रतिस्पर्धामा सहभागी गराउने उद्देश्यले २०१४ मा इन्भिक्टस गेम्स फाउन्डेशन खोलेका थिए । यतिबेला युक्रेन युद्धको मारमा छ । 

यस्तोमा त्यहाँ घाइतेहरूलाई कसरी टेवा दिइरहेको छ र उनीहरूलाई के कस्ता पुर्नवास सेवा दिइएको छ भनेर हेर्न ह्यारी युक्रेन आएको उनका एक प्रवक्ताले भने ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप