माधवनारायण नगरपालिकाका निमित्त कार्यकारी प्रमुखविरुद्ध राज्यव्यवस्था समितिमा उजुरी

काठमाडौँ। रौतहटस्थित माधवनारायण नगरपालिकाका निमित्त कार्यकारी अधिकृत इन्जिनियर नागेन्द्रप्रसाद यादवविरुद्ध प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।
निमित्त प्रमुख यादव अनियमिततामा मुछिएको भन्दै छानबिन गर्न नेपाली कांग्रेसका मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडासमक्ष उजुरी दिएका हुन् ।
उजुरीमा गौर नगरपालिकामा दरबन्दी रहे पनि यादवलाई काजमा माधवनारायण नगरपालिका ल्याएर निमित्त कार्यकारी प्रमुख बनाइएको उल्लेख गरिएको छ ।
‘माधवनारायण नगरपालिकामा उपसचिव तहको व्यक्तिको दरबन्दी भएको ठाउँमा प्रशासकीय अधिकृत समेत नपठाई त्यहाँ नगरपालिकाको कार्यालयले गैरकानुनी तवरले नियुक्ति भएको कर्मचारीलाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको र उक्त स्थानीय निकायमा भ्रष्टाचार समेत भइरहेको अवस्था देखिएको छ,’ उजुरीमा गुप्ताले लेखेका छन् ।
उजुरीमा उनले निमित्त कार्यकारी प्रमुख यादवलाई काममा रोक लगाउन र उपसचिव तहको व्यक्तिलाई कार्यकारी प्रमुख बनाएर खटाउन माग गरेका छन् ।
उजुरी बुझेपछि सभापति खतिवडाले समिति सचिवलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा छानबिन गरी दोषी देखिए आवश्यक कारबाही गर्न लेखि पठाउन निर्देशन दिएका छन् ।
यस्तो छ उजुरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्
-
एनआरएनएको विवाद समाधानका लागि अग्रजहरुले मुख्य भूमिका खेल्नुपर्छ : राष्ट्रपति पौडेल