पत्रकार हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै मानवअधिकार आयोगलाई ध्यानाकर्षण

हेटौँडा । नेपाल पत्रकार महासङ्घ मकवानपुरले पत्रकार हत्याको निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेशलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा आयोगको कार्यालयमा पुगेर पत्रकार हत्याको निष्पक्ष र स्वतन्त्र छानबिनको माग गर्दै ध्यानाकर्षण गराएको हो ।
आयोग बागमती प्रदेशका निमित्त प्रमुख पवनकुमार भट्टलाई पत्रकार सुरेश रजकको हत्याका विषयमा छानबिन गर्न महासङ्घ मकवानपुरले माग गरेको छ । गएको चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घट्नामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हनन हुनेगरी सञ्चार गृह र सञ्चारकर्मीमाथि आक्रमण भएको र पत्रकार सुरेश रजकलाई आगोमा जलाएर हत्या गरिएको घटनाका सन्दर्भमा नेपाल पत्रकार महासङ्घले निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही, मृतक पत्रकारका परिवार तथा क्षति पुगेको सञ्चार गृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निःशुल्क उपचार, सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति तथा विगतदेखि नै प्रेस स्वतन्त्रता हननमा संलग्न रहेकाहरूलाई कानुनी कारबाहीको माग गरेको नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष अधिकारीले बताए ।
उनका अनुसार गृहमन्त्री रमेश लेखक समक्ष चैत १८ गते ध्यानाकर्षणपत्र समेत पेस गरेको अवस्था रहेको छ । यद्यपि सरकारले पत्रकार महासङ्घको माग माग पूरा गर्नेतर्फ पहल नगरेको अध्यक्ष अधिकारीले बताए । ध्यानाकर्षण पत्र बुझ्दै निमित्त प्रमुख भट्टले आयोगले घटना भए देखिनै निष्पक्ष छानबिन गरिरहेको बताए ।
आयोगले चैत १५ को घटनालाई सूक्ष्म तवरले अनुसन्धान गरिरहेको उनले बताए । मानव अधिकारका सवालमा आयोग गम्भीर रहेको र पत्रकारहरूको सुरक्षाका विषयमा पनि आयोगले सरकारलाई निर्देशन दिइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीद्धारा नारायणघाट–बुटवल सडकको निरीक्षण, चाँडो निर्माण सम्पन्न गर्न निर्देशन
-
करेन्ट लागेर एक जनाको मृत्यु
-
विद्युत् प्राधिकरणमा ‘चोर आतंक’
-
कैलालीमा बस र माइक्रो ठोक्किँदा १० जना घाइते
-
‘सिपाहीको कलमबाट अङ्क २’ पुस्तकबारे छलफल
-
गुणाकर गभर्नर बन्न किन अयोग्य ? खतिवडालाई उदाहरण बनाएर अधिवक्ताले देखाएका यी तीन कारण