शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय
अपडेट

दुर्गा प्रसाईंलाई स्कार्पियो चढाएर भारतबाट ल्याइएको थियो नेपाल

शुक्रबार, २९ चैत २०८१, ११ : ३५
शुक्रबार, २९ चैत २०८१

काठमाडौँ । भद्रपुरबाट पक्राउ परेको भनिए पनि दुर्गा प्रसाईंलाई भारततर्फबाट स्कारर्पियो गाडीमा चढाएर नेपालतर्फ ल्याइएको पाइएको छ ।  सुरक्षा स्रोतका अनुसार उनलाई  प्रदेश नम्बर १–०१–००२ च ३७९३ गाडीमा भारततर्फबाट ल्याइएको हो । बिहान १० बजेर ७ मिनेटमा उनलाई सीमा क्षेत्रमा ल्याइएको बताइएको छ । 

त्यसपछि उनलाई केहीबेर जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो भने त्यहाँबाट भद्रपुर एयरपोर्टबाट बुद्ध एयरको जहाजमा काठमाडौँ ल्याउन लागिएको छ । उनी सवार जहाज साढे १२ बजे काठमाडौँ विमानस्थलमा अवतरण हुने त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिरकणको वेबसाइटमा उल्लेख छ । 

यसअघि प्रसाईंको सचिवालयले उनले बिहीबार आसाम प्रहरी समक्ष आत्ममसर्पण गरेको बताएको थियो । आसाम प्रहरीले सीमा क्षेत्रसम्म प्रसाईंलाई ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको बताइएको छ । नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास रहँदै आएको छ ।

अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्‍याउने अभ्यास रहिआएअनुसार प्रसाईंको हकमा पनि सोही भएको बताइएको छ ।  सोही अभ्यासका कारण बिहीबार प्रसाईं भारतबाटै पक्राउ परेको समाचार फैलिएपछि प्रहरीले खण्डन नै गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप