जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन विजयी

रौतहट । जनता समाजवादी पार्टी नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन यादवको विजयी भएका छन् । जिल्ला कार्यसमितिको लागि भएकाे निर्वाचनमा राजीव रञ्जन यादवको प्यानल विजयी भएको हो।
उनी ६६ मतको अन्तरले विजयी भएका हुन्। राजीव रञ्जनले १९७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष श्याम विहारी यादवले १३० मत ल्याए। अन्तिम मत परिणाम अनुसार उपाध्यक्षमा उनको प्यानलका पारस भण्डारी (१९८) , र अमरुल हक (१८५) विजयी भएका थिए। उनको निकटतम प्रतिद्वन्द्वी अमृतलाल चौधरीले १०९ र रामेश्वर रायले १३२ मत प्राप्त गरेका थिए। सचिवमा शम्भु प्रसाद यादव १९१ मत सहित विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी जयराम महतोले कुल १२४ मत प्राप्त गरेका थिए।
त्यस्तै सहसचिवमा उपेन्द्र राय १८६ ,दीपेन्द्र पटेल १९७ मत प्राप्त गरी निर्वाचित भएका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी प्रवेज आलमले १२४ वसन्त झाले ११३ मत प्राप्त गरेका थिए।
कोषाध्यक्षमा बृज मोहन साहले १७२ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनको प्रतिद्वन्द्वी सुरेन्द्र बैठाले १४१ मत प्राप्त गरेका थिए। त्यसैगरी सदस्य पदका लागि ४२ जना निर्विरोध निर्वाचित भएका छन्।
जसपा रौतहटका अध्यक्ष राजीव रञ्जन यादवको नेतृत्वमा ४९ सदस्यीय जिल्ला कमिटी गठन भएको जनाइएको छ। जसपा रौतहटको अधिवेशनको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले दुईदिन अघि प्रमुख अतिथि बनेर उद्घाटन गरेका थिए। जिल्ला कमिटीको लागि सर्वसम्मति नभएपछि निर्वाचन प्रक्रियाबाट कमिटी सदस्यको छिनोफानो भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल
-
१० बजे १० समाचार : २२ वर्षीय युवकले पारे एक करोड झ्वाम, पूर्व प्रदेश प्रमुख फरार
-
लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन
-
संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने, ‘कांग्रेस र एमालेबिच कुनै समस्या छैन’
-
नेविसंघ केन्द्रीय प्रचार प्रसार विभागको संयोजकमा महतो नियुक्त