आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
_SOZ6q2QO0H.jpg)
काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदलीको अवस्था रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउसो सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश बाहेक अन्य ६ प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही हल्का हिमपातको समेत सम्भावना रहेको छ । राति पनि यही सिलसिलाले निरन्तरता पाउनेछ ।
सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा र देशको उच्च पहाडी तथा हिमाली भूभागका हिमपातको सम्भावना रहेको कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री
-
गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल हुँदैछ : वर्षमान पुन
-
गुणाकर भट्ट गभर्नर हुन अयोग्य रहेको दाबीसहित सर्वोच्चमा पूरक निवेदन
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रकै कारण स्थगित भयाे : मुख्यमन्त्री कँडेल
-
नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह
-
तीन महिनाको अवधिमा विपद्जन्य घटनाबाट ४१ जनाको मृत्यु, करोडौँको क्षति