मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

युरोपा लिग क्वार्टरफाइनल पहिलो लेगका चारै खेल रोचक

शुक्रबार, २९ चैत २०८१, ०६ : ०९
शुक्रबार, २९ चैत २०८१

काठमाडौं । युरोपा लिग क्वार्टरफाइन पहिलो लेगका चारमध्ये तीन खेल बराबरीमा सकिएका छन् । पहिलो खेलमा भने नर्वेको बोडो ग्लिम्टले इटालीको लाजियोलाई २-० ले हरायो । 

घरेलु मैदानमा बोडोलाई जिताउन उलरिक साल्टनेसले निर्णायक दुई गोल गरे । युरोपा लिग क्वार्टरफाइन दोस्रो लेगका खेल अर्को हप्ता हुनेछन् । 

बिहीबार राती भएका अन्य खेलमा फ्रान्सको लियों र इंग्ल्याण्डको म्यान्चेस्टर युनाइटेडले २-२ को बराबरी खेल्दा स्कटल्याण्डको रेन्जर्स र स्पेनको एथ्लेटिक क्लबले गोलरहित बराबरी खेले । 

यस्तै, इंग्लिश क्लब टोटनह्याम हट्स्पर र जर्मनीको आइन्ट्राच्ट फ्र्यान्कफर्टले १-१ को बराबरी खेले । यी दुई बीचको दोस्रो लेग अप्रिल १७ मा फ्र्यान्कफर्टको मैदानमा हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप