मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म

बिहीबार, २८ चैत २०८१, २३ : ४९
बिहीबार, २८ चैत २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 
१. दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले राष्ट्र, राष्ट्रियता धर्म संस्कृति बचाऔँ महाअभियानका संयोजक दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान गरेको छ । सो समितिका प्रवक्ता स्वागत नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै संयोजक प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान गरेका हुन् ।

 

२. निशानामा राजु पाण्डे
स्थानीय तहमा क्रियाशील पेसागत सङ्गठनहरूले चैत २१ गते महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेको अगुवाइमा कार्यालयको मर्यादा विपरीतका अनुशासनहीन गैरकानुनी, अमर्यादित एवं अनपेक्षित घटना भएको भन्दै त्यसको सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । यसका लागि तीन दिनभित्र अधिकार सम्पन्न छानविन समिति गठन गरी जिम्मेवारी दिनुपर्ने उनीहरूको माग छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै उनीहरूले  उक्त दिन आचरण विपरीतको कार्यमा उत्रने पाण्डेलाई महानगर प्रहरी ऐनअनुसार तत्काल निलम्बनमा राख्न पनि माग गरेका छन् ।

३. अवहेलना मुद्दा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य टीका सङ्ग्रौला (ज्वाला)विरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । काठमाडौँ खुला विश्वविद्यालयमा एलएलबि प्रथम वर्षमा अध्ययनरत प्रान्ज्वल केसीले बुधबार सङ्ग्रौलाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन् । गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । उक्त आदेश लगत्तै सङ्ग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा न्यायाधीश र अदालतको अवहेलना हुनेगरी अभिव्यक्ति दिएकी थिइन् ।

४. जग्गा जफत
सडक विभागका पूर्वमहानिर्देशक आनन्दप्रसाद खनालको भक्तपुर कटुन्जेमा विभिन्न १७ कित्तामा रहेको ६५ आना ३ दाम जग्गा सरकारको नाममा ल्याइएको छ । अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र डा। भरतबहादुर कार्कीको संयुक्त इजलासले २०६९ भदौ १२ गते दोषी ठहर गरेको थियो । सर्वोच्चले पूर्वमहानिर्देशक खनाललाई एक वर्ष तीन महिना कैद, एक करोड २१ लाख ५२ हजार ४४ रुपैयाँ जरिवाना र स्रोत नखुलेको उनको सम्पत्ति जफत गर्ने फैसला गरेको थियो । भक्तपुर कटुञ्जेमा विभिन्न १७ कित्तामा रहेको जग्गा गृह मन्त्रालय मातहतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागरसरकारको नाममा ल्याइएको हो ।

५. शिक्षा सवाल
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालको राजीनामा स्वीकृत भएपछि विश्वविद्यालय उपकुलपतिविहीन बनेको छ । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बरालको राजीनामा स्वीकृत गरेका थिए  । उनको राजीनामा स्वीकृत गरेसँगै विश्वविद्यालयमा निमित्त कसैलाई तोकिएको छैन। त्रिविको नियमअनुसार उपकुलपतिको राजीनामापछि रेक्टरलाई निमित्त उपकुलपति दिनुपर्ने प्रावधान छ ।

६. महाधिवेशन सार्ने पक्षमा गगन
नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि पार्टीको १५ औँ महाधिवेशन सार्ने पक्षमा देखिएका छन् । थापाले पार्टीको महाधिवेशन २०८३ मंसिरसम्म भइसक्ने बताएर महाधिवेशनको मिति सार्ने पक्षमा आफू रहेको सन्देश दिएका हुन् ।

७. बारमा मिश्र
नेपाल बार एसोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस–नेकपा एमालेनिकट कानुन व्यवसायीहरूको प्यानलका उम्मेदवार प्राडा विजयप्रसाद मिश्र निर्वाचित भएका छन् । गत चैत २३ गते सम्पन्न निर्वाचनको मतपरिणाम बिहीबार सार्वजनिक भएको हो । बुधबार दुई हजार मत गणना गर्न बाँकी रहँदै उनले जित सुनिश्चित गरिसकेका थिए ।

८. सरकारद्वारा सु्झाव माग
सरकारले जग्गा प्राप्ति सम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्ने नयाँ कानुन बनाउन सुझाव मागेको छ । गृह मन्त्रालयको कानुन महाशाखा अन्तर्गतको कानुन तथा फैसला कार्यान्वयन शाखाले ‘जग्गा प्राप्ति सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ को प्रारम्भिक मस्यौदा मन्त्रालयको आधिकारिक वेबसाइटमा राख्दै सुझाव मागेको हो । सरकारले अचल सम्पत्ति अधिग्रहण ऐन, २०१३ र जग्गा प्राप्ति ऐन २०३४ लाई एकीकृत गरी नयाँ ऐन निर्माण गर्न लागेको हो । विधेयक संसद्मा दर्ता गर्नु अघि प्रारम्भिक मस्यौदा तयार गरी आम नागरिकसँग कस्तो बनाउने भन्ने सुझाव मागेको हो ।

९. सांसद पद रिक्त
रुपन्देही निर्वाचन क्षेत्र न्मबर ३ बाट प्रतिनिधि सभा सदस्य दीपक बोहराको यही चैत्र १९ निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराइएको छ । संघीय संसदले बिहीबार उक्त पद रिक्त रहेको जानकारी गराएको हो ।

१०. वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल
सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल छ-जहाँ एक जना व्यक्तिलाई विद्युत्को पोलमा बाँधिएको छ ।  २७ सेकेन्डको भिडियो र अडिओमा एकजनाले युट्युबर स्टाइलमा प्रश्न सोधेको सुनिन्छ ।

११. सेयर बजार
साताको अन्तिम कारोबार सेयर बजार परिसूचक ९नेप्से० ५।५७ अंकले घटेको छ । बिहिबार उक्त अंकले घट्दा नेप्से २६७०।७० विन्दूमा झरेको छ ।

१२. मौसम
बुधबार र बिहीबार परेको वर्षापछि आकाश खुलेको छ । वर्षाअघि काठमाडौँ लगायत ठाउँहरुमा प्रदूषण बढेको थियो । काठमाडौँ प्रदूषित सहरको सूचीमा समेत परेको थियो ।  तर,वर्षा भएपछि तुवाँलो र प्रदूषण घटेको छ भने आकाश सफा देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप