मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने

बिहीबार, २८ चैत २०८१, २१ : ४८
बिहीबार, २८ चैत २०८१

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकहरूको खातामै तलब पठाउन सुरु गरेको छ ।

२०८१ माघदेखि शिक्षक र विद्यालय कर्मचारीको तलब भत्ता उनीहरूकै खातामा पठाउने भएको हो ।

नेपाल सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र शिक्षा मन्त्रालयको परिपत्रको आधारमा मासिक रूपमा भुक्तानी सुरु गरिएको पालिकाले जनाएको छ । त्यस्तै गाउँपालिकाले समेत चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा मासिक रूपमा तलब भुक्तानी गर्ने जनाएको थियो ।

उक्त कार्यबाट निजामती कर्मचारीसरह शिक्षक कर्मचारीहरूको समेत मासिक रूपमा विद्युतीय प्रणालीमार्फत अनलाइनबाट खातामा तबल जम्मा हुने प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिए ।

शिक्षकहरूको सञ्चयकोष तथा नागरक लगानी कोषमा समेत अनलनइनमार्फत नै जम्मा हुने व्यवस्था मिलाइएको हो ।

आठ वटा वडा रहेको मालिकार्जुनमा ३८ सामुदायिक विद्यालयका ३३२ शिक्षक कर्मचारी छन् । अबदेखि उनीहरूले मासिक रुपमै तलब पाउने गाउँपालिकाका शिक्षा अधिकृत लोकेन्द्र सिंह धामीले जानकारी दिए ।

सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूको तलबभत्ता निकासा प्राप्त हुनासाथ मासिक रूपमा भुक्तानी गरिने हुँदा हाजिरी विवरण मासिक पठाउने व्यवस्था मिलाउनसमेत सबै विद्यालयलाई अनुरोध गरेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप