टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
बिहीबार, २८ चैत २०८१, २१ : ०८

कैलालीको टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका किरण साउँद अध्यक्षमा विजयी भएका छन्। उनी ६५२ मत ल्याउँदै विजयी भएका हुन्।
यस्तै उनका प्रतिस्पर्धी सयुक्त प्यानलको समर्थनबाट अध्यक्ष पदका लागि उठेका अनेरास्ववियुका गोवीन्द प्रसाद भण्डारीले ५४७ मत ल्याए।
स्वतन्त्रबाट अध्यक्षमा उठेका दिवासीवजंग थापाले जम्मा ४२ मत प्राप्त गरे। यस्तै सचिव पदमा नेविसंघका छविलाल न्यौपाने ६१९ मत प्राप्त गर्दै विजयी भएका छन्।
नागरिक विद्यार्थी समाजको सयुंक्त प्यानलका उम्मेदवार आशिष चौधरीले ५०३ मत प्राप्त गरे।
स्वतन्त्रका उम्मेदवार लोकेश देवकोटाले ८४ मत प्राप्त गरे।कोषाअध्यक्षमा नेविसंघकी डिम्पल चौधरी ६६६ मत प्राप्त गर्दै विजयी भएकी छिन्।
उनका प्रतिस्पर्धी अखिलक्रान्तीकारीको सयुक्त प्यानलका उम्मेदवार ५३० मत प्राप्त गरे।
सदस्यमा पनि नेविसंघका उम्मेदवारहरु विजयी भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म
-
प्रहरीको परीक्षा दिने ६ जना नक्कली परीक्षार्थी पक्राउ