शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजारसम्म छुट

बिहीबार, २८ चैत २०८१, २० : ४१
बिहीबार, २८ चैत २०८१

काठमाडौँ । इलेक्ट्रिक स्कुटर ब्रान्ड सुनराले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ग्राहकहरूका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ ।

“सुपर सेभ अफर“ नामक अफर अन्तर्गत ग्राहकहरूले सुनराका विभिन्न स्कुटर मोडेलहरूमा रु. ६० हजार सम्मको छुट पाउने कम्पनीले जनाएको छ ।

अफर अन्तर्गत के.५ मोडेल रु. १ लाख ६९ हजार ९०० मा,रोबो–ए रु. ३ लाख २० हजार ९०० र एचडब्युएके रु. २ लाख ३६ हजार ९०० मा उपलब्ध रहेको कम्पनीको भनाइ छ । साथै, प्रत्येक स्कुटरमा निःशुल्क बीमा, फ्री हेल्मेट र रोड ट्याक्स कम्पनीले तिर्ने व्यवस्था गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप