शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय

सिटिजन्स बैंकद्वारा हिमालय आँखा अस्पताल पोखरालाई सहयोग

बिहीबार, २८ चैत २०८१, २० : २८
बिहीबार, २८ चैत २०८१

पोखरा । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा घारीपाटनमा अवस्थित हिमालय आँखा अस्पताललाई १० वेटिङ चेयर (कुर्सी) सहयोग गरेको छ । 

अस्पतालमा आयोजित एक समारोहका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरूप सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सहयोगले अस्पतालमा आउने बिरामीहरू साथै आगन्तुकहरूको बसाइलाई सहज र आरामदायक बनाउने विश्वास व्यक्त गरे ।

स्वास्थ्य क्षेत्रको लागि सानै भए पनि सहयोग प्रदान गर्न पाउँदा आफू हर्षित भएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप