सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

गोरखादेखि जीतगढीसम्म पदयात्रा सुरु

बिहीबार, २८ चैत २०८१, १९ : ५९
बिहीबार, २८ चैत २०८१

पोखरा । नेपाली सेनाले गोरखादेखि जीतगढीसम्म पदयात्रा सुरु गरेको छ । बिहीबार एक कार्यक्रमका बिच सेनाले ११ दिन लामो पदयात्रा सुरु गरेको हो । यसअघि पनि लगातार २ वर्षसम्म सेनाले यही रुटमा पदयात्रा गरेको थियो ।

पदयात्रामा सेनाका ४८ जना सहभागी छन् । पश्चिम पृतना पोखराका पृतनापति उपरथी मधुकर सिंह कार्की, श्री नं. ३ बाहिनीपति सहायकरथी नुरेन्द्र मल्ल, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, उपमेयर मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललगायतले सेनाका स्थापना कालका पाँच कम्पनीका झण्डा र टर्च लाइट प्रदान गरी बिदाइ गरेका हुन् ।

गोरखादेखि सुरु हुने पदमार्ग तनहुँ–पाल्पा हुँदै जीतगढीसम्म २ सय ७ किलोमिटर छ । नेपाली सेनाले ऐतिहासिक कोट, गढी, किल्लाहरूको संरक्षण गर्ने र इतिहास जोगाउने क्रममा पदयात्रा थालेको हो ।

यात्रामा सहभागीलाई पदमार्गमा पर्ने स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू सहितको उपस्थितिमा बिदाइ गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप