ऐतिहासिक किल्ला जोगाउन नेपाली सेनाले थाल्यो ११ दिने लामो पदयात्रा

पोखरा । नेपाली सेनाले गोरखादेखि जीतगढीसम्म पदयात्रा सुरु गरेको छ । बिहीबार एक कार्यक्रमबिच सेनाले ११ दिन लामो पदयात्रा सुरु गरेको हो ।
यसअघि पनि लगातार दुई वर्षसम्म सेनाले यही रुटमा पदयात्रा गरेको थियो ।
पदयात्रामा सेनाका ४८ जना सहभागी छन् । पश्चिम पृतना पोखराका पृतनापति उपरथी मधुकरसिंह कार्की, श्री नं ३ बाहिनीपति सहायकरथी नुरेन्द्र मल्ल, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, उपमेयर मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायतले सेनाका स्थापनाकालका पाँच कम्पनीका झण्डा र टर्च लाइट प्रदान गरी बिदाइ गरेका हुन् ।
गोरखादेखि सुरु हुने पदमार्ग तनहुँ–पाल्पा हुँदै जीतगढीसम्म २ सय ७ किलोमिटर छ ।
सेनाले ऐतिहासिक कोट, गढी, किल्लाहरूको संरक्षण गर्ने र इतिहास जोगाउने क्रममा पदयात्रा थालेको हो । यात्रामा सहभागीलाई पदमार्गमा पर्ने स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहित उपस्थितिमा बिदाइ गर्ने कार्यक्रम तय भएको सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणघाटमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्यो ‘सिद्धार्थ होटेल चितवन’
-
कर्तव्य ज्यान कसुरका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ
-
१३ दिनदेखि शिक्षकहरू सडकमै, विद्यार्थी भर्ना अभियान ‘भगवान् भरोसा’
-
मधेश प्रदेश : अवैध उत्खनन, खुला सिमाना तस्करी र दुर्व्यसनीको चपेटामा
-
बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु
-
आठ करोड बराबरको किताब बिक्री