आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न उच्चको आदेश

बिहीबार, २८ चैत २०८१, १८ : ४९
बिहीबार, २८ चैत २०८१

विराटनगर । चीन भ्रमणमा निस्कने क्रममा गाउँपालिका उपाध्यक्षलाई नदिएर वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिने गाउँपालिका अध्यक्षको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । 

मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले कानुनविपरीत वडा नम्बर ३ का वडाध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । 

गाउँपालिका अध्यक्ष माझीको उक्त निर्णयविरुद्ध उपाध्यक्ष गुणवतीदेवी थारूले कानुनविपरीत भएको भन्दै निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरमा रिट निवेदन दिएकी थिइन् । उक्त निवेदनमा सुनुवाइ गर्दै उच्चले यस्तो आदेश दिएको हो । 

माझीले वडाध्यक्ष भगतलाई सोमबार कार्यवाहकको जिम्मेवारी दिएर चाइना उडेका थिए ।

तर उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको एकल इजलासले बिहीबार उपाध्यक्ष थारूको रिटमाथि सुनुवाइ गर्दै वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने अध्यक्ष माझीको निर्णय यथास्थितिमा राख्न भनेको छ । 

अध्यक्षको अनुपस्थितिमा उपाध्यक्ष उपलब्ध हुञ्जेल कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्षले नै पाउने आदेश उच्चले पुनः दोहोर्‍याएको हो । यसअघि धरान उपमहानगर र झापाको कमल गाउँपालिकामा समेत यस्तै प्रकरणमा अदालतले वडाध्यक्षलाई कार्यवाहक दिने निर्णयमा रोक लगाएको थियो ।

1

2

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप