बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो ‘जार’

बिहीबार, २८ चैत २०८१, १६ : १९
बिहीबार, २८ चैत २०८१

काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को ट्रेलर सार्वजनिक गरिएको छ ।  राजधानीमा आयोजित एक कार्यक्रम बिच सार्वजनिक ट्रेलरमा फिल्मका केही दृश्यले प्रथामिकता पाएका छन् । जसले फिल्मको कथा प्रष्ट्याइएको छ ।  ट्रेलरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, अनुपबिक्रम शाही र गीताञ्जली देखिएका छन् । 

फेरी टेल पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म आउदो बैशाख २६ (मे ९)मा प्रदर्शनमा आउदैछ । फूर्वा छिरिङ लामाको निर्देशन रहेको फिल्मको सम्पूर्ण छायांकन सिक्किममा गरिएको हो ।

होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

सन् १८ सयको दशक अन्त्यतिर नेपाली समाजमा घटेको एक यथार्थ घटनालाई फिल्मले बोल्नेछ । फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत छ । नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा यो फिल्म एकसाथ प्रदर्शनमा आउने बताइन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप