मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपराध

थाइल्याण्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ

बिहीबार, २८ चैत २०८१, १४ : ५०
बिहीबार, २८ चैत २०८१

काठमाडौँ । थाइल्याण्डबाट लागुऔषध कारोबारीले पठाएको गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ । 

चैत २६ मा थाई एयरलाइन्सको उडानमार्फत काठमाडौँ ओर्लिएकी २७ वर्षीया थाई नागरिक कनोक्वान पोङ्गसुवानलाई विमानस्थलको एक्स-रे एरियाबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी नारायण अधिकारीले रातोपाटीलाई बताए । उनको साथबाट ब्यूरोको टोलीले ५ केजी २ सय ग्राम गाँजा बरामद गरेको छ ।

थाइल्याण्डबाट पठाएको गाँजा नेपालमा रिसिभ गर्ने र भारत लैजाने भूमिकामा रहेका थाइल्याण्ड घर भएर काठमाडौँमा बस्ने २४ वर्षीया चोनलादा निनचा तुरत र भारत घर भएका ३१ वर्षीय जम्साद मालिक कुप्पाटिललाई पनि प्रहरीले पक्राउ गरेको छ । भारतीय नागरिक थाइल्याण्डबाट ल्याएको गाँजा भारततर्फ लैजाने भूमिकामा थिए । सो समूहले नेपाल र भारतको बाटो प्रयोग गेरी खाडी मुलुकमा पनि गाँजाको कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप