बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

१२८ वर्षपछि ओलम्पिकमा फर्किएको क्रिकेटले ६ टोलीमात्र सहभागी गराउन पाउने

बिहीबार, २८ चैत २०८१, १४ : ४४
बिहीबार, २८ चैत २०८१

काठमाडौँ । सन् २०२८ को ओलम्पिक खेलकुद अमेरिकाको लस एन्जल्समा आयोजना हुँदैछ । ओलम्पिकको यो संस्करणमा क्रिकेट खेललाई पनि समावेश गरिएको छ । क्रिकेट खेल एक सय २८ वर्षपछि ओलम्पिकमा फर्किएको हो । 

यसअघि सन् १९०० को ओलम्पिकमा क्रिकेट खेल समावेश गरिएको थियो । तर, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईसीसी) ले लस एन्जल्स ओलम्पिकमा क्रिकेटका लागि ९० जना खेलाडीको कोटामात्र छुट्याउने भएको छ । 

यस आधारमा उक्त ओलम्पिकमा ६ वटा टोलीले मात्र सहभागिता जनाउन पाउने छन् । प्रत्येक टोलीमा १५ जना खेलाडी रहने छन् । ओलम्पिकमा खेलाइने क्रिकेट टी–२० ढाँचाको हुनेछ । ओलम्पिकका लागि क्रिकेटको छनोट प्रक्रिया भने हालसम्म निश्चित भइसकेको छैन ।

सम्भवतः अमेरिकाले उक्त ओलम्पिकमा आयोजकको नाताले स्वतः प्रवेश पाउने छ । यस्तो स्थितिमा बाँकी पाँच टोली छनोट चरणबाट आउने छन् । यदि ओलम्पिकका लागि वरीयतालाई छनोटको आधार बनाइयो भने केही चर्चित राष्ट्रले सहभागिताको अवसर गुमाउने छन् । 

विश्व क्रिकेटमा भारत र पाकिस्तानबिचको खेललाई निकै महत्वका साथ हेरिन्छ । यदि वरीयताका आधारमा टोली छनोट गरियो भने पाकिस्तानले ओलम्पिक खेल्ने अवसर नपाउन सक्छ । पछिलो समय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानको प्रदर्शन खासै गतिलो देखिँदैन । तर, हालसम्म ओलम्पिकका लागि छनोटको ढाँचा भने टुंगो लागिसकेको छैन ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप