मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय
बारमा विजयी बने विजय, तस्बिरहरू
फोटोफिचर

बारमा विजयी बने विजय, तस्बिरहरू

संविधान संशोधनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँछौँ : मिश्र
बिहीबार, २८ चैत २०८१

काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्षमा प्राडा विजयप्रसाद मिश्र निर्वाचित भएका हुन् । प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठलाई पराजित गर्दै मिश्र बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका हुन् । 

bar election (28)

अन्तिम मतपरिणाम अनुसार मिश्रले पाँच हजार ५२ मत प्राप्त गरे भने श्रेष्ठले दुई हजार ६ सय २१ मत पाए । निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष मिश्रले बारमा सबैलाई समेटेर एकजुट भएर अघि बढ्ने बताए ।

bar election (2)

स्वतन्त्र न्यायपालिकाको वास्तविक रूपमा स्थापित गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्ने मिश्रले बताए । मिश्रले लयर्स एकेडेमीको स्थापनामार्फत कानुन व्यवसायीहरूको अध्ययन प्रशिक्षण तथा तालिमका लागि पर्याप्त अवसरको व्यवस्था गरिने उल्लेख गरे । उनले संविधान संशोधनमा समेत बारले महत्त्वपूर्ण योगदान पुर्‍याउने जिकिर गरे ।

bar election (3)

त्यस्तै बारको उपाध्यक्षमा कोशी प्रदेशबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ विजयी हुनुभएको छ । महासचिवमा केदारप्रसाद कोइराला निर्वाचित भएका छन् भने कोषाध्यक्षमा जगत बहादुर कार्की विजयी बने । नेपाल बारको चुनावमा मिश्रको प्यानल नै निर्वाचित भएको हो ।

bar election (1)bar election (4)bar election (5)bar election (6)bar election (7)bar election (8)bar election (9)bar election (10)bar election (11)bar election (12)bar election (13)bar election (14)bar election (15)bar election (16)bar election (17)bar election (18)bar election (19)bar election (20)bar election (21)bar election (22)bar election (23)bar election (24)bar election (25)bar election (26)bar election (27)

तस्बिर : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया