बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
शिक्षक आदोलन

शिक्षक र सरकारबिच सहमतिका आधार खोज्न ५ बजे छलफल

बिहीबार, २८ चैत २०८१, १४ : २६
बिहीबार, २८ चैत २०८१

काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासङ्घ र सरकारका प्रतिनिधिबिच सहमतिको आधार तयार गर्न आज प्रारम्भिक छलफल हुने भएको छ ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासङ्घलाई छलफलका लागि बोलाएको हो । 

यसअघि पटक–पटक बोलाउँदा पनि महासङ्घ वार्तामा गएको थिएन ।  ‘मन्त्रालयले शिक्षा विधेयकमा छलफल गर्न बोलाएको छ । हामीले जाने भनेका छौँ,’ शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

सहमतिका लागि वार्तामा बस्न आवश्यक आधारबारे प्रारम्भिक छलफलका लागि सरकारले बोलाएको सुवेदीको भनाइ छ । उनका अनुसार महासङ्घका तर्फबाट सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वको टोली छलफलमा सहभागी हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप