मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय
शिक्षक आन्दोलनले बानेश्वरमा सडक आवागमन प्रभावित, तस्बिरहरू

शिक्षक आन्दोलनले बानेश्वरमा सडक आवागमन प्रभावित, तस्बिरहरू

बिहीबार, २८ चैत २०८१

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले बिहीबार पनि काठमाडौँमा प्रदर्शन गरेको छ । महासंघले काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् । 

शिक्षकहरूले सडकका ३ वटै लेन कब्जा गरेपछि सो क्षेत्रको सडक आवागमन प्रभावित भएको छ । यसअघि आन्दोलन शान्तिपूर्ण रहँदै आएकोमा आज भने केही बेर प्रहरीसँग विवाद भएको थियो । 

सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शैक्षिक हडताल गर्दै शिक्षकहरू आन्दोलनरत छन् । महासंघले संसद्को वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

teacher proest (1)teacher proest (2)teacher proest (3)teacher proest (4)teacher proest (5)teacher proest (6)teacher proest (7)teacher proest (8)teacher proest (9)teacher proest (10)teacher proest (11)teacher proest (12)teacher proest (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया