बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सडक अवरुद्ध

६ स्थानमा राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची)

बिहीबार, २८ चैत २०८१, १३ : ३६
बिहीबार, २८ चैत २०८१

काठमाडौँ । बुधबार साँझदेखि परेको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो गएको छ । बाढीपहिरोका कारण केही स्थानमा सडक पूर्णरुपमा बन्द भएको छ भने केही स्थानमा एकतर्फी रूपमा यातायात आवागमन सुरु गरिएको छ ।

नेपाल प्रहरीले जारी गरेको १२ बजेसम्मको अपडेट अनुसार विभिन्न १३ स्थानका राजमार्गमा बाढीपहिरो गएको छ । जसमध्ये ६ स्थानमा बाटो पूर्णरुपमा अवरोध छ भने ६ स्थानमा एकतर्फी सञ्चालनमा आएको छ । एक स्थानमा भने पहिरो पन्छाएर बाटो पूर्ण रूपमा सुरु भइसकेको छ ।

प्रहरीका अनुसार रुकुम पश्चिमको राप्त राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरोध छ । त्यस्तै, कालिकोटको सुर्खेत सडकखण्ड र कर्णाली राजमार्ग खण्ड पूर्णरुपमा अवरोध छ । सुर्खेतको सुर्खेत–हुम्ला सडक र जाजरकोट सडक पनि पूर्णरुपमा अवरोध छ ।

हेर्नुहोस् सूचीः

489592813_986021173660406_8732470647717019901_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप