शंखमुलमा शव फेला
बिहीबार, २८ चैत २०८१, १२ : ४०

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ शंखमूलमा एकजना पुरुषको शव भेटिएको छ । मोरङको विराटनगर घर भएर शंखमुलमा डेरी गरेर बस्ने युवराज ढकालको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
४५ वर्षीय ढकाल आफ्नै डेरामा मृत भेटिएका हुन् । उनी विराटनगर महानगरपालिका–३ का स्थानीय हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।