आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

प्रचण्डको किताब सीपीसीलाई उपहार

बिहीबार, २८ चैत २०८१, ११ : ४१
बिहीबार, २८ चैत २०८१

छोङछिङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुस्तक ‘दि फस्ट डिकेड अफ रिपब्लिक’ (गणतन्त्रको पहिलो दशक) नामक पुस्तक चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग र चीनको छोङछिङ स्कुल विभागलाई हस्तान्तरण गरिएको छ । बिहीबार सो पुस्तक विभागलाई हस्तान्तरण गरिएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीले माओवादी केन्द्रका नेतालाई छोङछिङ सहरमा दिएको एक प्रशिक्षण कार्यक्रम पश्चात् माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले उक्त पुस्तक हस्तान्तरण गरेका हुन् । त्यसअघि दुई पार्टीकाबिच विभिन्न सहकार्य र अनुभव अादान प्रदानका बारे छलफल भएको थियो ।

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेताले उक्त पुस्तक महत्त्वपूर्ण रहेको र ज्ञान साटासाटमा थप योगदान पुग्ने बताए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप