दिल्लीको विजययात्रामा लगाम लगाउने धुनमा बलियो बेंगलुरु

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा बिहीबार रोयल च्यालेन्जर्स बेंगलुरुले हालसम्म अपराजित रहेको टोली दिल्ली क्यापिटल्सको सामना गर्दैछ । खेल बेंगलुरुस्थित एम. चिन्नास्वामी स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।
आईपीएलको जारी संस्करणमा खेल्न लागिएको यो २४औँ खेल हो । बैंगलुरुले आफ्नो पाँचौँ र दिल्लीले आफ्नो चौथो खेल खेल्न लागेका हुन् । यी दुई टोली यो सिजनमा भने पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।
जारी आईपीएलमा दिल्ली र बेंगलुरु दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । दिल्लीले सबै खेल जितेको छ भने बेंगलुरु केवल एक खेलमा पराजित भएको छ । त्यसैले बिहीबारको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
दिल्ली क्यापिटल्स सन् २००८ मा आयोजित पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागी हुँदै आएको छ । आईपीएलमा दिल्लीको यो १८औँ सहभागिता हो । तर, दिल्लीले हालसम्म उपाधिको जित्न सकेको छैन । सुरुवाती संस्करणमा दिल्लीको टोली दिल्ली डेयरडेभिल्सको नामबाट सहभागी भएको थियो ।
दिल्ली हालसम्म एकपटक आईपीएलको फाइनलमा पुगेको छ । सन् २०२० मा दिल्ली प्रतियोगिताको फाइनलमा पुगेको थियो । तर, उक्त संस्करणको फाइनलमा दिल्लीको टोली मुम्बई इन्डियन्ससँग पाँच विकेटले पराजित भएको थियो ।
बेंगलुरुले आईपीएलमा सधें उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । तर, बेंगलुरुले पनि हालसम्म उपाधि जित्न सकेको छैन । बेंगलुरु तीनपटक आईपीएलको फाइनलमा पुगेर पराजित भएको छ । बेंगलुरु सन् २००९ मा पहिलो पटक फाइनलमा पुगेको थियो ।
त्यतिबेला फाइनलमा बेंगलुरुलाई डेक्कन चार्जर्सले ६ रनले हराएको थियो । सन् २०११ को फाइनलमा बेंगलुरुलाई चेन्नईले ५८ रनले हराएको थियो । सन् २०१६ को फाइनलमा बेंगलुरुको टोली सनराइजर्स हैदराबादसँग आठ विकेट पराजित भएको थियो ।
- दुवै टोली लयमा
आईपीएलको १८औँ संस्करणमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरु दुबैले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । जारी संस्करणमा रोयल च्यालेन्जर्स बैंगलुरुले आफ्नो पाँचौँ र दिल्ली क्यापिटल्सले आफ्नो चौथो खेल खेल्न लागेका हुन् ।
दिल्लीले हालसम्म एक खेल पनि हारेको छैन । जारी आईपीएलमा आफूले खेलेको सबै खेल जित्ने दिल्ली एकमात्र टोली पनि हो । यसअघि खेलिएको तीनवटै खेलमा दिल्ली विजयी भएको छ ।
दिल्ली ६ अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । बेंगलुरुले भने चारमध्ये तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । बेंगलुरु ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।
- हेड टु हेडमा बेंगलुरु अगाडि
आईपीएलमा हालसम्म रोयल च्यालेन्जर्स बेंगलुरु र दिल्ली क्यापिटल्सबिच कुल ३२ खेल खेलिएको छ । त्यसमा दिल्लीभन्दा बेंगलुरुको प्रदर्शन उत्कृष्ट देखिन्छ । बेंगलुरुले २० खेलमा दिल्लीलाई हराएको छ । दिल्लीले भने ११ खेलमा बेंगलुरुलाई पराजित गरेको छ ।
यी दुई टोलीबिचको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियममा हालसम्म यी दुई टोलीबिच ११ पटक भिडन्त भएको छ । त्यसमध्ये ६ खेलमा बेंगलुरु र चार खेलमा दिल्ली विजयी भएका छन् । एक खेल भने अनिर्णीत रूपमा सकिएको छ ।
- बेंगलुरुको सर्वाधिक रन विराटको नाममा
आईपीएलको जारी संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरुको लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान विराट कोहली हुन् । उनले हालसम्म खेलिएको चार खेलमा कुल एक सय ६४ रन बनाएका छन् । यस क्रममा उनले दुईवटा अर्धशतक पनि प्रहार गरेका छन् ।
बेंगलुरुका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान रजत पाटिदार हुन् । उनले चार खेलमा कुल एक सय ६१ रन बनाएका छन् । उनले पनि दुईवटा अर्धशतक बनाएका छन् । बेंगलुरुका लागि सर्वाधिक विकेट लिने बलर जस हेजलउड हुन् । उनले चार खेलमा कुल आठ विकेट लिएका छन् ।
- दिल्लीका लागि सर्वाधिक रन बनाउने केएल राहुल
आईपीएलको १८औँ संस्करणमा दिल्ली क्यापिटल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान केएल राहुल हुन् । उनले हालसम्म आफूले खेलेको दुई खेलमा कुल ९२ रन बनाएका छन् । उनले चेन्नई सुपर किङ्सविरुद्धको खेलमा ७७ रन बनाएका थिए ।
दिल्लीका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान फाफ डु प्लेसिस हुन् । उनले दुई खेलमा कुल ७९ रन बनाएका छन् । दिल्लीका लागि सर्वाधिक विकेट लिने बलर भने मिचेल स्टार्क हुन् । उनले तीन खेलमा नौ विकेट लिइसकेका छन् । उनले सनराइजर्स हैदराबादविरुद्ध पाँच विकेट लिएका थिए ।
- ब्याट्सम्यानलाई साथ दिने पिच
दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच बिहीबारको खेल हुने बेंगलुरुस्थित एम. चिन्नास्वामी स्टेडियमको पिच ब्याट्सम्यानहरूका लागि निकै उपयुक्त मानिन्छ । त्यसैले यो स्टेडियममा बढी रन बन्ने गरेको छ ।
हालसम्म यो स्टेडियममा ९६ खेल खेलिएको छ । त्यसमध्ये ४१ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । ५१ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् । बाँकी चार खेल अनिर्णीत रूपमा सकिएको छ ।
- वर्षाको झिनो सम्भावना
रोयल च्यालेन्जर्स बेंगलुरु र दिल्ली क्यापिटल्सबिच खेल हुने दिन बिहीबारको बेंगलुरुमा वर्षाको झिनो सम्भावना रहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिनभर घाम लाग्ने र घामलाई बादलले छेक्ने क्रम जारी रहने छ ।
साँझ भने वर्षाको चार प्रतिशत सम्भावना रहेको समाचारमा जनाइएको छ । बिहीबार बेंगलुरुको तापक्रम २२ देखि ३४ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ ।
- सम्भावित टोली
रोयल च्यालेन्जर्स बेंगलुरु : रजत पाटिदार (कप्तान), फिल साल्ट, विराट कोहली, देवदत्त पाडिकल, लियाम लिभिङ्स्टोन, जितेश शर्मा (विकेटकिपर), टिम डेभिड, क्रुणाल पाण्ड्या, भुवनेश्वर कुमार, जस हेजलउड, यश दयाल र सयश शर्मा ।
दिल्ली क्यापिटल्स : अक्षर पटेल (कप्तान), ज्याक फ्रेजर–म्याकगर्क, केएल राहुल, अभिषेक पोरेल (विकेटकिपर), ट्रिस्टन स्टब्स, समिर रिजवी, आशुतोष शर्मा, विपराज निगम, मिचेल स्टार्क, कुलदीप यादव, मोहित शर्मा र मुकेश कुमार ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
-
सरकारले भन्यो, ‘फास्ट ट्र्याकबाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ, शिक्षकहरु काममा फर्कनुस्’
-
कालिगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतले के भन्यो ? (पूर्णपाठ)
-
विवाह बन्धनमा बाँधिँदै पूर्वमिस नेपाल अश्मी
-
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल
-
संवैधानिक नियुक्ति बहसले १६ मुद्दा हेर्न भ्याइएन, आइतबार पनि तोकियो पूर्ण इजलास