कुशलपछि आसिफ शेखको अर्धशतक

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपाली टोलीका ब्याट्सम्यान कुशल आसिफ शेखले अर्धशतक बनाएका छन् । उनले बिहीबार जारी कुवेतविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् ।
आसिफ शेखले ३८ बलमा चार छक्का र दई चौकाको मद्दतले ५३ रन बनाएका हुन् । २३ वर्षीय विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सातौँ अर्धशतक पनि हो ।
नेपाली टोली कुवेतले दिएको एक सय ८६ रनको विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ । पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा आठ विकेट गुमाएर एक सय ८५ रन बनाएको थियो ।
नेपालले १६ओभरको खेल सकिँदासम्म तीन विकेट गुमाएर एक सय ४३ रन बनाएको छ । नेपाली टोलीका अर्का ओपनर कुशल भुर्तेल ८१ रन बनाउँदै आउट भए । कुशल मल्ल पनि चार रन बनाउँदै आउट भए । नेपालले १६औँ ओभरमा लगातार दुई विकेट गुमाएको थियो ।
नेपाललाई जितका लागि २४ बलमा ४३ रन आवश्यक छ । कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी क्रिकेटमा छन् । दुबैले एक–एक रन बनाएका छन् । यसअघि नेपालले बुधबार खेलिएको आफ्नो पहिलो खेलमा कतारलाई हराएको थियो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पतालको शिलान्यास गर्दै ओलीले भने- निर्माणपछि भारतका जनतालाई समेत उपचार सुविधा दिन सकिन्छ
-
पेरुका राष्ट्रपतिको ‘रोलेक्सगेट’ काण्ड खारेज
-
जात्रामय भएको छ भक्तपुर, ९ दिने बिस्काको महिमा के छ ?
-
सामान्य प्रशासनसचिव पन्थको ह्वाट्सएप ह्याक
-
रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ सकियो
-
फाइनलमा कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य