बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय
वायु प्रदूषण

वर्षाले वायु प्रदूषणमा राहत

बिहीबार, २८ चैत २०८१, ०९ : २३
बिहीबार, २८ चैत २०८१

काठमाडौँ । बुधबार साँझदेखि परेको वर्षा र हावाहुरीले काठमाडौँको वायु प्रदूषणमा केही राहत मिलेको छ । केही दिनअघि काठमाडौँ विश्वकै प्रदूषित सहर बन्दै आएकोमा बिहीबार बिहान भने प्रदूषणको मात्रा केही बनेको छ ।

आईक्यू एयरको बिहान ९ बजेर १५ मिनेट जाँदाको मापन अनुसार काठमाडौँ हाल विश्वको प्रदूषित सहरको सूचीमा आठौँ स्थानमा पुगेको छ । हाल काठमाडौँको एक्यूआई १३० रहेको छ ।

यो स्वास्थ्य समस्या रहेका व्यक्तिहरूका लागि हानिकारक मानिन्छ । अझै पनि काठमाडौँको हावामा पीएम२.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा ९.४ गुणा बढी छ ।

हाल भारतको नयाँ दिल्ली यो सूचीमा शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा पाकिस्तानको लाहोर सहर छ भने तेस्रो स्थानमा भियतनामको हानोई रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप